होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुर्घटनामा घाइते रेनु दाहालको अवस्था खतरामुक्त
समाचार

दुर्घटनामा घाइते रेनु दाहालको अवस्था खतरामुक्त

  • नागरिक रैबार
दुर्घटनामा घाइते रेनु दाहालको अवस्था खतरामुक्त

दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ ।
गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।

यसैबीच दाहालको अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको परिवारले जनाएको छ । दाहालकी बहिनी तथा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले अवस्था सामान्य भएपछि डिस्चार्जको तयारी भएको बताएकी हुन् ।

विज्ञापन

आज दिउँसो दिदी रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा उहाँ चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदीको टाउकोमा सामान्य चोट लागेको र डाक्टरको अनुसार सिटी स्क्यान गरेर हेर्दा घाउ बाहिरी छालामा मात्रै भएको र अवस्था अहिले सामान्य भएकाले डिस्चार्जको तयारीमा छौं’, दाहालले सामाजिक सञ्जालमार्फत भनेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै