होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : भीम रावल
समाचार

एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : भीम रावल

  • नागरिक रैबार
एमसीसी संसदमा पेश गर्नु देशप्रतिको गद्दारी हो : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना परियोजना संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको गद्दारी भएको बताए ।

‘यत्रो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाका बीच पेश गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो र नेपाल राष्ट्रको अपमान हो । यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ’ उनले भने ।

विज्ञापन

नेता रावलले एमसीसीमा समर्थन गर्नेहरु गद्दारको रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरे । एमसीसी राष्ट्रिय हित र स्वाधीनताको विरुद्ध रहेको भन्दै नेता रावलले व्याख्यात्मक टिप्पणीबाट राष्ट्रविरोधी प्रावधान सच्याउँछु भन्नु धोका भएको बताए ।

‘संकल्प प्रस्ताव र व्याख्यात्मक टिप्पणीबाट राष्ट्रघाती प्रावधान सच्याउनु कुरा गर्नु जनतालाई ठग्नुमात्र हो । यस्तो कुरा महाकाली सन्धीका बेलामा निरर्थक संकल्प प्रस्ताव जस्तै हो’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार