होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा
समाचार

विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

  • नागरिक रैबार
विवेकशील साझाको अध्यक्षबाट रवीन्द्र मिश्रले दिए राजीनामा

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएका छन्।बुधबार उनले विज्ञप्ति जारी गर्दै राजीनामा दिएका हुन्। स्थानीय तह निर्वाचन २०७९ मा निराशाजनक परिणाम भएको हुँदा नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका हुन्।

‘स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएको सर्वविदित नै छ, ’ उनले लेखेका छन्, ‘गत ५ वर्ष तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रूपमा निस्वार्थ र इमानदार प्रयास गर्दागर्दै पनि निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु।’

उनले अब साधारण सदस्य भने रहिरहने जानकारी दिएका छन्।उम्मेदवारहरूले राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टीको नेताको रूपमा आफूले लिनुपर्ने बताएका छन्।

विज्ञापन

यस चुनावमा विवेकशील साझाले बाराको फेटा गाउँपालिका र त्यहाँका दुई वडामा जितेको छ। जितेका प्रतिनिधिहरूलाई पनि पूर्ण रूपमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

‘विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेका छन्। त्यो तपाईंहरूकै देन हो। विवेकशील साझाले उठाएका प्रमुख मुद्दाहरू सम्बोधन नगरेसम्म यो देशको रूपान्तरण असम्भव हुनेछ,’ उनले भनेका छन्।

उनले विचारभन्दा माथि देशको दस्तावेज पार्टीको केन्द्रीय समितिको दुई तिहाइभन्दा बढी मतले पारित गर्दा त्यस निर्णयविरूद्ध भएका गतिविधिका कारण पार्टीका संयोजक मिलन पाण्डे लगायतलाई कारबाही गरिएको थियो।

आफूले राजीनामा दिइसकेको हुँदा कारबाही पनि फिर्ता गरिदिन मिश्रले अनुरोध गरेका छन्।

‘मैले प्रस्तुत गरेको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पार्टीको केन्द्रीय समितिको दुई-तिहाइभन्दा बढी मतले पारित गरेको भए पनि बहुमतको निर्णयविरूद्ध भएका गतिविधिका कारण पार्टी संयोजकलगायत कतिपयलाई कारबाही गरिएको थियो,’ उनले भने, ‘सो दस्ताबेज प्रस्तुत गर्ने अध्यक्षले नै राजीनामा दिइसकेपछि, ती कारबाहीहरू फिर्ता गरिदिन म पार्टीको केन्द्रीय कार्य सम्पादन समिति तथा केन्द्रीय समितिलाई विनम्र अनुरोध गर्दछु।’

त्यस्तै, असहमति राखेर राजीनामा दिएकाहरूलाई पनि पुन: पार्टीमा सामेल हुन आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार