होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा प्रदेश सभाका २ मध्ये १ को प्रत्येक्षमा माओवादीको दावी
समाचार

बाजुरामा प्रदेश सभाका २ मध्ये १ को प्रत्येक्षमा माओवादीको दावी

  • नागरिक रैबार
बाजुरामा प्रदेश सभाका २ मध्ये १ को प्रत्येक्षमा माओवादीको दावी

नागरिक रैबार/बाजुरा ८ असोज। नेकपा माओवादी केन्द्र बाजुराले बाजुरामा गठबन्धन भएको खण्डमा बाजुराको प्रदेश सभाका २ वटा निर्वाचन क्षेत्रमध्ये १ प्रदेश सभाको प्रत्येक्ष तर्फ माओवादीको उम्मेदवारी रहने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको सदरमुकाम मार्तडीमा हिजो बसेको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रदेश निर्वाचन क्षेत्र तर्फ २ मध्ये १ मा माओवादी केन्द्रको दावी रहने निर्णय गरेको हो ।

शनिवार विहान सदरमुकाम मार्तडीमा माओवादी केन्द्रले गरेको पत्रकार सम्मेलनमा पार्टीका जिल्ला समन्वय समिति संयोजक देविचन्द बुढाले गठबन्धन भएमा माओवादीको मतको संख्याका आधारमा बाजुराका प्रदेश सभाका २ मध्ये प्रदेश सभा तर्फ (क) अथवा (ख) क्षेत्रमा माओवादीको प्रत्येक्ष तर्फ उम्मेदवारीमा दावी रहने बताएका छन् ।

विज्ञापन

उनले यदि गठबन्धनमा माओवादी केन्द्रलाई कुनैपनि ठाउँमा स्थान नदिए माओवादी पार्टी एक्लै चुनावी मैदानमा उत्रिने बताएका छन् ।
असोज ७ गते बसेको जिल्ला समन्वय समितिको तेस्रो प‍ूर्ण बैठकले गरेका निणर्यहरु आज विहान पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचका लागि प्रतिनिधि सभा तर्फ र प्रदेश सभा तर्फका उम्मेदवारहरुलाई सिफारिस गरेको निणर्य सार्वजनिक गरेको हो ।

जसमध्ये प्रतिनिधि सभा तर्फ पार्टीका जिल्ला इन्चार्ज कणर्बहादुर विकलाई प्रत्येक्ष तर्फ सिफारिस गरेको छ भने समानुपातिकमा कमल कुमारी शाह महिला, खस आर्य तर्फ महेश शाही, दलितबाट मानबहादुर विकलाई सिफारिस गरेको छ ।

No description available.

त्यसै गरी प्रदेश (क) मा सुरेश बहादुर रोकाया र प्रदेश (ख) मा देबीचन्द बुढालाई सिफारीस गरेको नेकपा माओबादी केन्द्र बाजुराले जनाएको छ । त्यस्तै प्रदेश सभा (क) को समानुपातिकमा ३ जना सिफारिस भएका छन् । जसमध्ये दलितबाट रमेश राज विक (दलित) संजय कट्टेल घाईते अपाङ्ग र तारादेवी गिरी महिला तर्फबाट सिफारीस गरेको नेकपा माओबादी केन्द्र बाजुराले जनाएको छ ।

No description available.

प्रदेश (ख) मा समानुपातिकमा ५ जना सिफारिस गरिएका छन् । जसमध्ये महिला बाट मनादेवि जैशी, दलित भिमबहादुर विक,चन्द्र सुनार, खस आर्यबाट तेज बहादुर शाह र घाईते अपाङ्गबाट प्रकाश विकलाई सिफारिस गर्ने निणर्य भएको माओवादी केन्द्र बाजुरा जिल्ला समन्वय समिति संयोजक देविचन्द बुढाले बताएका छन् । त्यस्तै बैठकले  पार्टीका आन्तरिक कुरालाई लिएर समाजिक संजाल मार्फत जनतामा भ्रम सृजना गर्ने पार्टी भित्रका केही नेतालाई पहिलाे चरणमा स्पष्टीकरण साेध्ने निर्णय गरेकाे छ ।

May be an image of 3 people, people sitting and people standing त्यस्तै बैठकले जिल्ला संयाेजक देविचन्द बुढाकाे संयाेजकत्वमा ५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेकाे पत्रकार सम्मेलनमार्फत जानकारी गराएकाे छ । पार्टीका जिल्ला संयाेजक देविचन्द बुढाकाे अध्यक्षतामा गरिएकाे पत्रकार सम्मेलनमा प्रमुख अतिथि जिल्ला सहईन्चार्ज महेश शाही प्रमुख अतिथि रहेका थिए । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष खेमराज साउँदले संचालन गरेकाे पत्रकार सम्मेलनमा पाटीका जिल्ला स्तरका नेता कार्यकर्ता र पत्रकारहरूकाे सहभागिता रहेकाे थियाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार