होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • पल शाहको मुद्दामा आज नवलपुरमा सुनुवाइ हुँदै
मनोरञ्जन

पल शाहको मुद्दामा आज नवलपुरमा सुनुवाइ हुँदै

  • नागरिक रैबार
पल शाहको मुद्दामा आज नवलपुरमा सुनुवाइ हुँदै

काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको बुधबार नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार मुद्दाको पेशी न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ ।

तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानुन व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए ।

पल यतिबेला बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

विज्ञापन

यसअघि थुनाबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग राख्दै शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए तर अदालतले निवेदनलाई अस्वीकृत गरिदियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार