होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज
समाचार

‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज

  • नागरिक रैबार
‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को ग्रान्ड फिनाले आज शुक्रबार हुने भएको छ । राजधानीको धुम्बाराहीस्थित स्टुडियोमा राती ८ बजे हुने फाइनलमा तीनजनाको जोडीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रीति आले मगर र शेखर घर्ती मगर, छिरिङ शेर्पा र सरोज प्रजा तथा प्रमिता राणा र जेडी तमुको जोडीबीच प्रतिस्पर्धा हुँदैछ । विजेताले १५ लाख रुपैयाँ नगद प्राप्त गर्ने जनाइएको छ ।

फिनालेमा रियालिटी शोको अफिसियल एपबाट छानिएका उत्कृष्ट तीनजनाले समेत प्रस्तुति दिने भएका छन् । जसमा सिर्जन रावल, सरस्वती धिमाल र एलेक्स विश्वकर्मा छन् ।

विज्ञापन

गत चैत ११ गतेदेखि सुरु भएको शोमा १२ जना चर्चित सेलेव्रिटीको जोडीबीच प्रतिस्पर्धा भएको थियो । विभिन्न क्षेत्रमा स्थापित सेलेव्रिटीले कोरियोग्राफरसँग जोडी बाँधेर प्रतिस्पर्धा गरेका थिए ।

अभिनेत्री गौरी मल्ल, अभिनेता दिलिप रायमाझी र नृत्य निर्देशक रिनशा बान्तवा राई निर्णायकको रुपमा छन् । द भ्वाइस अफ नेपाल र नेपाल आइडलजस्ता चर्चित शो निर्देशन गरिसकेका लक्ष्मण पौडेलले यसलाई निर्देशन गरेका हुन् ।

डान्सिङ स्टार्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार