होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • २२ वर्षीया सुहाना खान बलिउडमा इन्ट्री गर्न तयार
समाचार

२२ वर्षीया सुहाना खान बलिउडमा इन्ट्री गर्न तयार

  • नागरिक रैबार
२२ वर्षीया सुहाना खान बलिउडमा इन्ट्री गर्न तयार

काठमाडौँ– बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान २२ औँ वर्षमा प्रवेश गरेकी छिन् । सन् २००० को मे २२ मा जन्मिएकी सुहानाले आइतबार आफ्नो जन्मोत्सव मनाएकी हुन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिए । यिनै सुहाना छिटै बलिउडमा डेब्यु गर्दैछिन् । उनी जोया अख्तरको फिल्म ‘द आर्चरी’ मार्फत बलिउडमा पाइला टेक्दैछिन् ।

सन् १९६० को सेटअपमा तयार हुने फिल्म मार्फत जोयाले लोकप्रिय कमिक्स ‘द आर्चिज’ लाई फिल्मको पर्दामा ल्याउन लागेकी हुन् ।कथाअनुसार नयाँ पुस्ता सुहाउँदो भएकाले सुहाना, अगस्त्य र खुशीलाई कास्ट गरेको बताउने जोयाले यसलाई म्युजिकल ड्रामा भनेकी छिन् ।

फिल्ममा सुहानाको अलावा अन्य दुई स्टार किड्स समेत बलिउड डेब्यु गर्दैछन् । ति हुन् श्रीदेवी र बोनी कपुरकी छोरी खुशी कपुर र अमिताभ बच्चनका नाति अगस्त्य नन्दा ।

विज्ञापन

प्र

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि