होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भ्वाइस अफ नेपाल-४ मा २० हजार जनाको आवेदन
समाचार

भ्वाइस अफ नेपाल-४ मा २० हजार जनाको आवेदन

  • नागरिक रैबार
भ्वाइस अफ नेपाल-४ मा २० हजार जनाको आवेदन

काठमाडौं । गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ४ मा २० हजार जनाले आवेदन दिएका छन् । निर्देशक लक्ष्मण पौडेलका अनुसार देश विदेशबाट प्राप्त यो आवेदन निकै उत्साहजनक हो । वैशाखदेखि सुरु भएको आवेदन दिने समय बिहीबार सकिंदैछ । कुल आवेदकमध्येबाट डेढ सय जनालाई ब्लाइन्ड अडिसनमा छनोट गरिने भएको छ ।

डेढ सय जनाबाट पनि ६४ जना प्रतिस्पर्धी छानिनेछन् अनि प्रतियोगिता सुरु हुने गर्ने तयारी छ । आगामी एक महिनामा ब्लाइन्ड अडिसन सुरु हुने निर्देशक पौडेलले जानकारी दिए ।

साउन पहिलो सातादेखि सिजन ४ को प्रसारण सुरु हुने भएको छ । शोका चार जना कोचमध्ये केही हेरफेर गर्ने तयारी छ । द भ्वाइस अफ नेपालका अघिल्ला तीनै सिजन सफल भइसकेका छन् ।

विज्ञापन

यो गायन रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार