होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘२२ वर्षपछि मार्तडी-कोल्टी सडक कालोपत्रे’
समाचार

‘२२ वर्षपछि मार्तडी-कोल्टी सडक कालोपत्रे’

  • नागरिक रैबार
‘२२ वर्षपछि मार्तडी-कोल्टी सडक कालोपत्रे’

राजेन्द्र बिक बाजुरा। निर्माण कार्य सुरु भएको २२ वर्षपछि बाजुराको सदरमुकाम मार्तडी-कोल्टी सडक खण्डमा कालोपत्रेको काम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको यो सडक खण्डको ४१ किलोमिटर कालोपत्रे प्रक्रिया अगाडि बढेको हो।

२०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी-कोल्टी सडक २२ वर्ष पछि कालोपत्रेको काम सुरु भएपछि स्थानीय खुसी भएका छन्। सुदूरपश्चिम प्रदेश सरकार र संघ सरकारले मार्तडी कोल्टी सडक खण्ड कालोपत्रेका लागि १ अर्ब ५७ करोड ७५ लाख १२ हजार रकम विनियोजन गरेर काम अगाडि बढाएको हो। ९ किलोमिटर सडक खण्डमा सडक चौडा देखी वालहरू हाल्ने काम सम्पन्न भएर कालोपत्रे गर्न सुरु गरिएको हो।

कोभिडले गर्दा केही समय काममा बाधा पुगेको थियो। अहिले भने तीव्र गतिमा काम भइरहेको छ। ९ किलोमिटर असार मसान्तसम्म कालोपत्रे गरिसक्ने गरी काम भइरहेको धुलिखेल गाल्भा श्याम एण्ड शंकर जेभीका प्रतिनिधि दिप्रेन्द्र शाहीले बताए। प्रदेश सरकारले यो सडकलाई बहुवर्षीय योजनाका रूपमा अघि सारेको सडक पूर्वाधार विकास कार्यालय साँफेबगरमार्फत सडकमा काम भइरहेको आयोजना प्रमुख रुद्ध बोगटीले बताए।

विज्ञापन

मार्तडी-कोल्टी सडक खण्ड विगत देखि स्तरोउन्नती नहुँदा निकै स्थानीय नागरिकले निकै सास्ती भोग्नु परेको थियो। अहिले बाटो चौडा देखी कालोपत्रे सुरु भएपछि आवतजावतमा सहज हुँदै गइरहेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए। विगतमा ४१ किलोमिटरमा ३५ करोडभन्दा बढी खर्च भइसकेको थियो। तर सडक खण्डमा गाडी तानेर यात्रुहरू यात्रा गर्न बाध्य भएका थिए।

अव्यवस्थित सडक र खाल्डा खुल्डीका कारण जोखिम रूपमा यातायातका साधन सञ्चालनमा ल्याउनु पर्ने बाध्यता रहँदै आएकोमा सडक कालोपत्रे पछि बाजुराका बुढिनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिकखापर गाउँपालिका सँगै हुम्ला, मुगुका बासिन्दालाई निकै सहज हुने भएको छ। २०५६ फागुन ७ गते तत्कालीन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सडकको शिलान्यास गरेका थिए।

शिलान्यासका बेला २०६० सम्म कोल्टीमा गाडी पुर्‍याइसक्ने लक्ष्य राखेको थियो। तर बजेट व्यवस्थापन र द्वन्द्व प्रक्रियाले काम अघि बढ्न सकेको थिएन। सडक सञ्चालन हुने भएपछि बिरामी सुत्केरीलाई अस्पतालसम्म पुर्‍याउनमा निकै सहज हुने भएको छ। यो सडक कालोपत्रे हुन थालेसँगै यो क्षेत्रको पर्यटन, कृषि लगायतका क्षेत्रमा समेत ठूलो टेवा पुग्ने भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै