होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अपहरणपछि युवतीको बलात्कार, २ जना पक्राउ
समाचार

अपहरणपछि युवतीको बलात्कार, २ जना पक्राउ

  • नागरिक रैबार
अपहरणपछि युवतीको बलात्कार, २ जना पक्राउ

नेपालगन्ज: बाँकेको नेपालगन्जमा बस्दै आएकी १८ वर्षीया युवतीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। उनी फोटो खिच्न खजुरा गएका बेला अपहरणमा परेकी हुन्।

सँगै गएका ३ जना केटा साथीलाई ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि उनको अपहरण गरेका थिए। मोटरसाइकलमा राखेर पहिले जंगलमा पु¥याएर बलात्कार गरेको र त्यसपछि पुनः घरमा ल्याएर बलात्कार गर्दागर्दै उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। प्रहरीले बलात्कारमा संलग्न अन्य युवाको खोजी गरिरहेको जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार