होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘नेता हेलिकप्टर चढेर दुर्गम पुग्न सक्छन्, विद्यार्थीका किताब किन पुग्दैनन्?’
समाचार

‘नेता हेलिकप्टर चढेर दुर्गम पुग्न सक्छन्, विद्यार्थीका किताब किन पुग्दैनन्?’

  • नागरिक रैबार
‘नेता हेलिकप्टर चढेर दुर्गम पुग्न सक्छन्, विद्यार्थीका किताब किन पुग्दैनन्?’
तस्बिर: सन्जिब बगाले/सेतोपाटी

सांसदहरूले सरकारले समयमै विद्यालयमा किताब पुर्‍याउन नसकेको सरकारको आलोचना गरेका छन्।मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरूले किताब पुर्‍याउनेजस्तो कुरामा यो वा त्यो बहाना गर्न नमिल्ने बताए।बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले नेताहरू दुर्गममा हेलिकप्टर चढेर पुग्न सक्छन् भने पुस्तक किन पुग्दैन भनेर प्रश्न गरे।

‘ठूला नेता हेलिकप्टरमा दुर्गम क्षेत्र पुग्न सक्छन्। पुस्तकलाई किन पुर्‍याउन सकिदैन? यो वा त्यो नाममा एक्स्युज माग्न हुँदैन, यसमा सम्झौता गर्न मिल्दैन,’ श्रेष्ठले भने,‘कि त प्रष्टसँग हाम्रो क्षमता छैन भन्नपर्‍यो। जनशक्ति, साधन स्रोतको अभाव हो कि, नेतृत्वको गैरजिम्मेवारी हो थाहा सबैले थाहा पाउनुपर्‍यो।’

नेकपा (एमाले) सांसद योगेश भट्टराईले जनक शिक्षा सामग्री केन्द्रको संस्थागत पुनर्संरचना आवश्यक रहेको बताए।‘जनक शिक्षा सामग्री केन्द्रको अयोग्यताको कारण आज विद्यार्थीहरूले समयमै पुस्तक नपाएका हुन्। यो लाचारी हो,’ उनले भने,‘संघीय शिक्षा ऐनको अभावमा धेरै समस्या छन्। यो ऐन तुरून्त ल्याउनु पर्छ। संघीय शिक्षा ऐन तत्काल ल्याउन समितिले निर्देशन दिनुपर्छ।’

विज्ञापन

एमालेकै सांसद सरिता न्यौपानेले कुनै नगरपालिका, गाउँपालिकाले चाहँदा पनि शिक्षामा सुधार हुन नसकेको बताइन्।‘ऐन नआउँदासम्म शिक्षकको समस्या पनि समाधान हुँदैन। विभिन्न बहानामा शिक्षक भर्ना रोकिन्छ,’ उनले भनिन्,‘किन दुःख गरेर भए पनि अभिभावकले निजी विद्यालय पढाउँछन्?, हामीले यसमा किन ध्यान दिएनौं?’

नेकपा (माओवादी केन्द्र) की अञ्जना विशंखेले दार्चुला, कैलाली, रौतहट, बारा, ललितपुरमा समेत पुस्तक नपुगेको बताइन्।‘व्यवस्थापनमा हामी किन यति कमजोर छौं। यसको दोषी को हो?,’ उनले भनिन्,‘एकले अर्कालाई दोष दिएर उम्किन खोजिँदैछ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार