होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मंसिरमा संघीय र प्रदेशको चुनाव हुनैपर्छ : ओली
समाचार

मंसिरमा संघीय र प्रदेशको चुनाव हुनैपर्छ : ओली

  • नागरिक रैबार
मंसिरमा संघीय र प्रदेशको चुनाव हुनैपर्छ : ओली

काठमाडौँ — प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुनुपर्ने बताएका छन् । उनले निर्वाचन तलमाथि हुन नदिनका लागि लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् ।

एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनबाट सरकार गठनका लागि तयार हुनुपर्ने बताए । ‘मंसिरमा चुनाव गराउनुपर्छ । यो संवैधानिक प्रश्न हो । यसलाई तलमाथि हुन दिनु हुँदैन,’ उनले भने ।

चुनावबाट एमाले सरकारमा ल्याउने वातावरण बनाउन पनि ओलीले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले देशको स्वाधीनता, स्वतन्त्रताको रक्षा, लोकतन्त्रको मूल्य, मान्यतासहित संविधानको रक्षा र कार्यान्वयन गर्नका लागि एमालेको सरकार आउनुपर्ने दाबी गरे । उनले राज्यका अंगहरू आफ्ना ठाउँमा प्रभावकारी र स्वच्छ रुपमा क्रियाशील होऊन् भन्नका लागि पनि एमालेको सरकार आउनुपर्ने बताए ।

विज्ञापन

विगतमा आफ्नो नेतृत्वमा सरकार भएका बेला मुलुकले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लय समातेको दाबी गर्दै ओलीले आगामी दिनमा त्यो लय समातेर अगाडि बढ्न एमालेको नेतृत्वमा सरकार हुनुपर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार