होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘कबड्डी ४’लाई नेपालमा २२ करोड
समाचार

‘कबड्डी ४’लाई नेपालमा २२ करोड

  • नागरिक रैबार
‘कबड्डी ४’लाई नेपालमा २२ करोड

काठमाडौं । फिल्म ‘कबड्डी ४’ले प्रदर्शनको २३ दिनमा २२ करोड ७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । यो कमाइमा आइतबारको रकम जोडिएको छैन ।

कबड्डीको चौथो सिक्वेलले नेपाली बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने ‘बाहुबली २’को २३ करोड ग्रसलाई उछिन्ने संकेत देखिएको छ । दोस्रो सातामा फिल्मले ‘छक्कापञ्जा २’को २० करोड रेकर्डलाई उछिनेको थियो ।

‘कबड्डी ४’सँग सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड सुरक्षित छ, तर धेरै कमाउने फिल्मको कीर्तिमान कायम राख्न ‘बाहुबली २’को २३ करोड ग्रसलाई उछिन्नुपर्छ ।

विज्ञापन

तीन सातामा २१ करोड ३७ लाख ग्रस कमाएको फिल्मले चौथो सप्ताहन्तको दुई दिनमा १ करोड ७ लाख ग्रस कमाइ गरेको हो । यो फिल्म शुक्रबारदेखि भारत र सिंगापुरमा समेत रिलिज भएको छ ।

सिंगापुरमा आइतबार भव्य प्रिमियर आयोजना गरिएको थियो, जहाँ फिल्मका मुख्य कलाकार दयाहाङ राई उपस्थित रहे । फिल्मले अमेरिकाका ४९ वटा राज्यबाट मात्रै ४ करोड रुपैयाँभन्दा बढी कमाउने प्रक्षेपण छ ।

तस्वीरहरु 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार