होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मिस नेपाल प्रियंकालाई बाजागाजासहित स्वागत
समाचार

मिस नेपाल प्रियंकालाई बाजागाजासहित स्वागत

  • नागरिक रैबार
मिस नेपाल प्रियंकालाई बाजागाजासहित स्वागत

काठमाडौं । मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशीलाई जितको खुसीयालीमा परिवार र आफन्तले सोमबार बाजागाजासहित स्वागत गरेका छन् ।लाजिम्पाटको र्‍याडिसन होटलदेखि भैंसेपाटीस्थित घरमा उनलाई झकिझकाउ गाडी र बाजागाजासहित लगिंदैछ । परिवारका सदस्य र आफन्तले र्‍याडिसन होटलमा पुगेर प्रियंकालाई बधाई दिए ।

र्‍याडिसनबाट उनलाई अनामनगरस्थित पुर्ख्यौली घरमा लगिएको थियो । लगत्तै उनी वसन्तपुरस्थित कुमारी घर पुगेकी थिइन् । त्यसपछि उनलाई भैंसेपाटीस्थित घरमा लैजाने कार्यक्रम छ ।

‘छोरीको जितको खुसीलाई सेलिब्रेसन गर्न बाजागाजसहित स्वागत गर्न लागेका हौं,’ प्रियंकाका बुवा राजीवराज जोशीले  भने, ‘घरमा पनि बाजागाजासहित भित्र्याउनेछौं ।’

विज्ञापन

र्‍याडिसनदेखि राष्ट्रिय झण्डासहित प्रियंकालाई अनामनगर, वसन्तपुर र भैंसेपाटी लगिएको छ । शनिबार २४ जना प्रतिस्पर्धीलाई उछिन्दै मोडल समेत रहेकी प्रियंकाले उपाधि जितेकी थिइन् ।

आयोजक संस्था द हिडन ट्रेजरले आइतबार बेलुका र्‍याडिसनमै कोरोनेसन नाइट रिसेप्सन आयोजना गरेको थियो । अबेरसम्म कार्यक्रम भएकाले प्रियंका होटलमै बसेकी थिइन् । मिस नेपाल जितेपछि उनी सोमबार बल्ल घर जान लागेकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै