होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पल भन्छन्- मलाई बद्नाम गराउन गिरोह नै लागेको छ
समाचार

पल भन्छन्- मलाई बद्नाम गराउन गिरोह नै लागेको छ

  • नागरिक रैबार
पल भन्छन्- मलाई बद्नाम गराउन गिरोह नै लागेको छ

काठमाडौं । अभिनेता पल शाहले पछिल्लो दुई वर्षमा हजारभन्दा बढी म्युजिक भिडियोमा काम गरे । म्युजिक भिडियोमा काम गरेका पल सामाजिक सेवामा पनि सक्रिय देखिन्छन् ।

कोरोना महामारी प्रभावितका लागि खाद्यान्न, लद्याकपडा वितरणदेखि ग्यास सिलिन्डर वितरण गर्दा उनको निकै प्रशंसा भयो ।

म्युजिक भिडियोमा एकछत्र राज गरेका पल बेलाबेलामा गसिपमा पनि मुछिन्छन् । विशेषगरी विभिन्न मोडलहरुसँगको सम्बन्धका कारण उनको चर्चा हुने गरेको छ ।

विज्ञापन

केही महिनायता पल र गायिका समीक्षा अधिकारीको विषयमा बजारमा विभिन्न खालका चर्चा चल्ने गरेको छ । तर दुवैले यो कुरालाई खण्डन पनि गर्दै आएका छन् । सञ्चारमाध्यममा आफूलाई बदनाम नै गराउने तरिकाले आउने समाचारले पनि आफूलाई दुःखी बनाउने पल बताउँछन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा पलले भने, ‘कहिलेकाहीं त यहाँ दिनभर नभनी मैले किन काम गरिरहेको छु । यति दुःख किन गरेको छु ? विभिन्न काममा सक्रिय रुपमा किन लागेको छु भन्ने पनि लाग्छ । म कुनै पनि कुरामा हतपत बोल्दिनँ । मनमा कुरा राख्छु र त्यसलाई आफैंभित्र हल गर्न खोज्छु ।’

तर यति हुँदाहुँदै पनि आफूमाथि गिरोह नै लागेको देखेर अचम्म लागेको पलले बताए । उनले अगाडि भने, ‘खै मलाई बदनाम गराउन किन एउटा गिरोह नै सक्रिय रुपमा लागेको हो, थाहा छैन । तर कुनै पनि कुरा सुनेपछि एकपटक सम्बन्धित व्यक्तिसँग सोध्नुभयो भने स्पष्ट हुन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार