होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मापसे गरेर चलाइएको सरकारी बाइक प्रहरी फन्दामा, पछाडि युवती
समाचार

मापसे गरेर चलाइएको सरकारी बाइक प्रहरी फन्दामा, पछाडि युवती

  • नागरिक रैबार
मापसे गरेर चलाइएको सरकारी बाइक प्रहरी फन्दामा, पछाडि युवती

धनगढी: कैलालीको अत्तरियामा सार्वजनिक बिदाको दिन चलाइएको मोटरसाइकल ट्राफिक प्रहरीको फन्दामा परेको छ। शनिबार चालकले मादक पदार्थ सेवन गरेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीको नजर गएको हो।

उक्त मोटरसाइकल डोटी दीपायल सिलगढी नगरपालिकाको रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरेर मोटसाइकल चलाएको पाएपछि १ हजार जरिमाना गरिएको प्रहरी निरीक्षक गणेश उप्रेतीले बताए। उनका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए। उक्त मोटरसाइलमा एक युवती समेत सवार थिइन्। उनको परिचय खुलेन। दिनेश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार