होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रतिनिधि सभाको बैठक बस्दै
समाचार

प्रतिनिधि सभाको बैठक बस्दै

  • नागरिक रैबार
प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १६६ दिनयता जारी सदन अवरोधका कारण औपचारिकतामा सीमित हुँदै आएको प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन । सहमतिको प्रयासमा आज बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

विज्ञापन

संघीय संसदका महासचिव भरतराज गौतमले शनिबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार