होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडिमालिकाले ३ हजार बढी बालबालिकालाई फाईजर खोप लगाउने
समाचार

बडिमालिकाले ३ हजार बढी बालबालिकालाई फाईजर खोप लगाउने

  • नागरिक रैबार
बडिमालिकाले ३ हजार बढी बालबालिकालाई फाईजर खोप लगाउने

नागरिक रैबार/बाजुरा २ भाद्र। बडिमालिका नगरपालिकाले नगरपालिका भित्रका ३ हजार ३० बालबालिकालाई खोप लगाउने भएको छ । भदौ ८ गते देखी १० गते सम्म नौ ओटै वडामा गएर ५ बर्ष देखी ११ बर्षका बालबालिकाहरुलाई खोप लगाउने बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताए ।
कोरोना महामारी रोकथामका लागि नगरपालिकामा फाईजर खोपको पहिलो मात्रा खोप लगाउने योजना रहेको स्वास्थ्य संयोजक खड्काले बताए । नौ ओटै वडामा रहेका बिद्यालय र स्वास्थ्य संस्थामा सो खोप लगाउने कार्य रहेको संयोजक खड्काले बताएका छन ।

नगरपालिकामा रहेका ५ बर्षदेखी ११ बर्ष समुहका बालबालिकालाइ फाइजर खाेप लगाउन नगरपालिकाले आह्वन गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै