होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेको अहँकार र घमण्ड तोड्न कांग्रेसको जित अनिर्वाय
समाचार

एमालेको अहँकार र घमण्ड तोड्न कांग्रेसको जित अनिर्वाय

  • नागरिक रैबार
एमालेको अहँकार र घमण्ड तोड्न कांग्रेसको जित अनिर्वाय

काठमाडौं, बैशाख ५ । नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन पनि कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताएका छन् । नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसको जित अनिर्वाय रहेको बताए ।

उनले भने, ‘चाहरे पनि, नचाहेर पनि गठबन्धन गरेर चुनावमा जानुछ । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाज्यूले दिनुभएको निर्देशनलाई हामी सबैले मान्नुपर्छ ।’

‘एमालेलाई हराउन पनि मिलेर जान जरुरी छ । एमालेको अहँकार र घमण्डलाई तोडेर कांग्रेसको जित गराउनुछ’, अध्यक्ष गुरुङले भने, ‘एकताबद्ध बनेर कांग्रेसलाई जिताउन अनुरोध गर्न चाहन्छु ।’

विज्ञापन

उनले सबैभन्दा ठूलो भ्रष्टाचार स्थानीय तहमा भएको बताएका छन् । ‘स्थानीय तहमा एमालेले जितेका ठाउँमा भ्रष्टाचार भएको छ । एमालेको भण्डाफोर गर्नुपर्छ’, उनले भने, ‘कांग्रेसले गरेका राम्रा कामका विषयमा जनतालाई घर–घरमा पुगेर जानकारी गराउनुपर्छ ।’

अध्यक्ष गुरुङ कांग्रेसका उम्मेदवारहरूलाई जिताउन तरुणहरूको भूमिका रहेको बताए । उनले सबै तिक्तताहरू भुलेर गठबन्धनलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले कांग्रेसले स्थानीय तहमा जित्ने बताएका छन् । त्यसका लागि आफूहरू तयारी अवस्थामा रहेको बताए ।

कार्यक्रममा नवप्रवेशीहरूलाई तरुण अध्यक्ष गुरुङले स्वागत गरेको तरुण दल बर्दघाट नगर कार्यसमितिका अध्यक्ष विकास थापाले जानकारी दिए । नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुक गुरुङसहितका तरुण र कांग्रेस नेताहरूको कार्यक्रममा उपस्थिति थियो ।

रिपोर्टर्स नेपाल साभार

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार