होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विश्वकर्मा समुदायकि बुहारी बन्दै गायिका मेलिना राई
समाचार

विश्वकर्मा समुदायकि बुहारी बन्दै गायिका मेलिना राई

  • नागरिक रैबार
विश्वकर्मा समुदायकि बुहारी बन्दै गायिका मेलिना राई

चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् ।बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् । मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै उनले छिट्टै विवाह गर्न लागेको जनाएकी छन् ।मेलिना राई विश्वकर्मा समुदायिकि बुहारी बन्दै छिन । गायिका मेलिना राईले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। शुक्रबार उनले फेसबुकमार्फत ‘हुनेवाला पति’ भन्दै प्रेमीसँगको तस्बिर सार्वजनिक गरेकी हुन्। उनले ‘नयाँ सुरुवात’ भन्दै प्रेमी सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गरेकी छन्।सञ्जीवलाई ट्याग गरिएको सो पोस्टमा मेलिनाले ‘टु बी हजबेन्ड’ भन्दै ह्यासट्याग पनि राखेकी छन्। सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। बिर्तामोड घर भएका सञ्जिब लामो समयदेखि काठमाडौंमा बस्दै आएका हुन्।सञ्जीव नेपालका चर्चित गिटारिस्ट हुन्। म्युजिक अरेन्जरसमेत रहेका सञ्जीवसँग मेलिनाले यसैवर्ष विवाह गर्ने योजना बनाएकी छन्। ‘कम्मरमाथि पटुकी’ को लोकप्रियतासँगै मेलिना राईले आधुनिक गीतभन्दा चलचित्रको पाश्र्व गायनका लागि बढि समय छुट्याउनुपर्ने भयो ।कम्मरमाथि पटुकी… अघि नै मेलिनाले पुन्टे परेड, नाइके, तमसजस्ता चलचित्रमा गीत गाइसकेकी थिइन् तर उक्त गीतको लोकप्रियतापछि मेलिना त्यसपछि निर्माण भएका अधिकांश चलचित्रमा सुनिन थालिन् ।  त्यही क्रममा वसन्त सापकोटाले नै उनलाई अर्को एउटा लोकप्रिय गीत गाउने मौका दिए ।  उनले एक दर्जनभन्दा बढी देशको भ्रमणसमेत गरिसकेकी छिन् । डेढ वर्षअघि पहिलो पटक युरोप टुरमा गएकी मेलिनाले त्यति बेला बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड तथा जर्मनीमा आफ्ना गीतहरू प्रस्तुत गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार