होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले सचिवालय बैठक आज, उम्मेदवारदेखि घोषणापत्रबारे छलफल हुने
समाचार

एमाले सचिवालय बैठक आज, उम्मेदवारदेखि घोषणापत्रबारे छलफल हुने

  • नागरिक रैबार
एमाले सचिवालय बैठक आज, उम्मेदवारदेखि घोषणापत्रबारे छलफल हुने

नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बेलुका साढे ६ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुनेछ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत छलफलका विषय रहेको एमाले नेताहरुले जनाएका छन् । एमालेले महानगर र उपमहानगरका मेयर उपमेयर केन्द्रबाट निर्णय गरेर उम्मेदवार बनाउने जनाएको छ भने नगर र पालिकामा सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला र प्रदेशले निर्णय गर्नेगरी यसअघि नै निर्णय गरेको छ । एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको कार्यदललाई घोषणापत्र तयार गर्न जिम्मेवारी दिएको थियो । बैशाख ९ गते केन्द्रमा घोषणापत्र र स्थानीय सबै तहमा प्रतिवद्धता पत्र सार्वजनिक गने एमालेको तयारी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार