होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विनोद शाही मृत्यु प्रकरण : अनुसन्धानमा प्रगति शून्य
समाचार

विनोद शाही मृत्यु प्रकरण : अनुसन्धानमा प्रगति शून्य

  • नागरिक रैबार
विनोद शाही मृत्यु प्रकरण : अनुसन्धानमा प्रगति शून्य

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको दुई साता पुग्दा समेत घटनामा प्रहरीले तथ्य फेला पार्न सकेको छैन ।

घटनाको अनुसन्धानका लागि वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) जनकराज पाण्डे र सीआईबीका प्रहरी नायब उपरीक्षक(डीएसपी) मनोहरप्रसाद भट्ट नेतृत्वको टोली खटाइए पनि अनुसन्धानमा प्रगति नभएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) भोलाबहादुर रावलले घटनाको अनुसन्धान जारी भएपनि अहिलेसम्म कुनै प्रगति नभएको बताए । ‘शाही मृत भेटिएको घटनाको अनुसन्धान जारी छ तर अहिलेसम्म कुनै ‘क्लु’ फेला नपर्दा हाम्रो अनुसन्धान शून्यमै छ,’ एसएसपी रावलले अनलाइनखबरसँग भने, ‘हाल जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।’

उनकाअनुसार शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रम जारी भएपनि घटनाबारे तथ्य फेला नपर्दा समस्या भइरहेको छ तर तथ्य केलाउने काम भने जारी छ ।

विज्ञापन

गत जेठ १७ गते रातिदेखि बेपत्ता भएका शाही २१ गते घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेका थिए । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएका थिए ।

उक्त विवादकै विषयलाई लिएर कांग्रेसबाट निर्वाचित पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहितका १३ जनाविरुद्धको किटानी प्रहरीले दर्ता नगरेको भन्दै पीडित पक्षले ६ दिनसम्म शव बुझेको थिएन । हुलाकमार्फत पठाइएको जाहेरी प्रहरीले दर्ता गरेपछि मात्र शव बुझेर अन्त्येष्टि गरेका थिए ।

तर प्रहरी प्रशासनले आरोपितलाई पक्राउ गर्न आनाकानी गरेको भन्दै उनीहरु फेरि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कार्यक्रम अन्तरगत बिहीबार पञ्चदेवल विनायक नगरपालिका घेराउ गरेका स्थानीयले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा नाराबाजीसहित घेराउ गरेका छन् । शनिबारदेखि प्रशासनको मूल गेट अगाडि रिले अनसन बस्ने पीडित पक्षले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार