होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धिरज राईको ‘लुकी लुकी’ नयाँ शैलीमा सार्वजनिक हुँदै
समाचार

धिरज राईको ‘लुकी लुकी’ नयाँ शैलीमा सार्वजनिक हुँदै

  • नागरिक रैबार
धिरज राईको ‘लुकी लुकी’ नयाँ शैलीमा सार्वजनिक हुँदै

काठमाडौं । गायक धिरज राईको सर्वाधिक हिट गीत ‘लुकी लुकी आँखा तिमी’ आज पनि दर्शक-श्रोताको मनमा बस्न सफल छ । धिरजलाई आज पनि यही गीतले संसार घुमाइरहेको छ ।

यो गीत रिलिज भएको २५ वर्षपछि धिरज राईले यसको म्युजिक भिडियो तयार पारेका छन् । ट्री इन्टरटेन्मेन्टको लगानीमा तयार भएको म्युजिक भिडियोको दुई दिन लगाएर काठमाडौंको प्लाटिनम क्लबमा छायांकन गरिएको छ ।

यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । माइकलले निर्देशन गरेका थुप्रै म्युजिक भिडियोले बजारमा चर्चा पाएका छन् । माइकलले यो गीतको क्रेजलाई आफूले भिडियोमा पनि मर्न नदिएको बताए ।

विज्ञापन

भिडियोमा अभिनेत्री आँचल शर्माले नृत्य गरेकी छन् । उनको साथमा राज र डेलविसलाई भिडियोमा देख्न सकिन्छ । करिब १८ घण्टा लगाएर खिचिएको भिडियोमा उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन छ ।

गायक धिरजले २५ वर्षपछि गीतलाई पुनः दर्शकमाझ ल्याउन लागेको विषयमा भने, ‘यो गीतको भिडियो बनेको थिएन । नेपाल टेलिभिजनमा खिचिएको धमिलो भिडियो आज पनि दर्शकमाझ छ । यसैले अडियोमा खासै परिवर्तन नगरी हामीले भिडियोलाई भने नयाँ तरिकाले खिचेका छौं ।’

धिरजले गीतअनुसारकै भिडियो बनेको भन्दै खुसी व्यक्त गरे । मोडल तथा अभिनेत्री आँचल शर्माले भनिन्, ‘एउटा इतिहास बोकेको गीतको भिडियोमा काम गर्न पाउँदा खुसी लागेको छ । दर्शकले हाम्रो काम मन पराउनुहुन्छ भन्नेमा ढुक्क छु ।’

निर्माण कम्पनी ट्री इन्टरटेन्मेन्टले यो गीतलाई दुई सातापछि सार्वजनिक गर्ने तयारी गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै