होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गठबन्धन आज टुट्नसक्ने
समाचार

गठबन्धन आज टुट्नसक्ने

  • नागरिक रैबार
गठबन्धन आज टुट्नसक्ने

काठमाडौं, ५ फागुन । कुनै चमत्कार भएमात्र सत्ता गठबन्धन जोगिने भएको छ । आज साँझ ५ बजे गठबन्धनको बैठक राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले कठोर निर्णय लिने बुझिएको छ ।

देउवाले एमसीसी पारित गर्न साथ दिने या नदिने भनेर गठबन्धनका नेताहरुसँग छलफल गरेपछि कदम चाल्ने बुझिएको छ । उनले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर छलफल गरेका छन् ।

प्रचण्डले एमसीसी पारित गर्ने पक्षमा जान नसकिने स्पष्ट पारिसकेका छन् । देउवाले टेबल गर्न सम्म सभामुख अग्निप्रसाद सापकोटालाई मनाउन भन्दा आफूले भनेर नलाग्ने जवाफ दिएको विश्वस्त स्रोतले बताएको छ ।

विज्ञापन

देउवानिकटस्थहरुले प्रचण्डले अलमलाउँदै लगेको र रणनीतिक दाउपेच गरिरहेको भन्दै विकल्पमा जानुपर्नेमा जोड दिन थालेका छन् । तर, देउवा अझै गठबन्धन जोगाउने प्रयासमा छन् । आज अन्तिम प्रयास गर्ने नभए एमसीसीमा अगाडि बढ्ने उनको रणनीति देखिन थालेको छ ।

देउवाले एमसीसी अगाडि बढाउने निर्णयबाट पछि नहटे माओवादी र नेकपा एसले सरकार छाड्ने भएका छन् । तर, देउवा पछि हट्ने सम्भावना देखिदैन । उनका सामु एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गरेर नयाँ गठबन्धन बनाउने विकल्प छ । ओलीले पनि एमसीसीमा निर्णायक शक्ति बनेर राजनीतिक लेनदेनको कुरा गर्न थालेका छन् ।

ओली आफै प्रधानमन्त्री बन्नसक्ने अवसर देख्न थालेका छन् । एमसीसीमा उनको बार्गेनिङ पावर बढ्दै गएको छ । त्यसका लागि उनले देउवा र प्रचण्ड जोसँग पनि सहमति गर्न सक्ने अवस्था विकास भएको छ । देउवासँग मिल्ने सम्भावना बढेर गएको छ तर ओलीले लिने निर्णय फरक पनि हुनसक्छ । जे होस् यसपटक गठबन्धन भने आजै टुट्नसक्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार