होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भूमाफिया पीडित किसानलाई प्रचण्डले भने– ‘न्याय दिलाउन पार्टीको तर्फबाट पहल गर्छु’
समाचार

भूमाफिया पीडित किसानलाई प्रचण्डले भने– ‘न्याय दिलाउन पार्टीको तर्फबाट पहल गर्छु’

  • नागरिक रैबार
भूमाफिया पीडित किसानलाई प्रचण्डले भने– ‘न्याय दिलाउन पार्टीको तर्फबाट पहल गर्छु’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ६ स्थित सनहीका ६५ घरपरिवार किसानले भेटेका छन् । भूमाफियाले कर्मचारीको मिलोमतोमा ६५ परिवारको ३४ बिगाहा जग्गा हडपेपछि पीडितहरुले मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रचण्डलाई भेटेर आफ्नो गुनासो राखेका हुन् ।

‘भूमाफिया र कर्मचारीको मिलोमतोमा तपाईहरुले जोत भोग गर्दै आएको जग्गा हडपे छन् । तपाईहरुले मुद्धा समेत हाल्नु भएको रहेछ । मुद्धा जित्नुहुन्छ भन्ने विश्वास लिएको छु’ प्रचण्डले भने,‘मैले र पार्टीको तर्फबाट तपाईंहरु​को न्यायको लागि लड्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

भूमाफिया र कर्मचारीको मिलोमतोमा ३४ बिगाहा जग्गा हडपेपछि न्यायका लागि पीडित परिवार काठमाडौं आई धर्ना दिईरहेका छन् । पीडित किसानले विशेष अदालतमा मुद्धा दायर गरिसकेकाले फैसलाको पर्खाइमा बसेका छन् । पीडितले न्याय नपाएसम्म आफूहरु घर नफर्किने अडानमा छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार