होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बिरामी भएँ भने उपचार गराउने पैसा छैन, घर दान गरिसकेँ: ओली
समाचार

बिरामी भएँ भने उपचार गराउने पैसा छैन, घर दान गरिसकेँ: ओली

  • नागरिक रैबार
बिरामी भएँ भने उपचार गराउने पैसा छैन, घर दान गरिसकेँ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन्।आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उनले बताए।

‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ काठमाडौंमा आज बिहान आयोजित एक कार्यक्रममा ओलीले भने, ‘म देशका लागि समर्पित छु।’ उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए। ओलीको घर भक्तपुरस्थित बालकोटमा छ।

‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ,’ उनले भने, ‘बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।’

विज्ञापन

उनले सांसद भएकोले केही पैसा भने आउने बताए।‘घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, घर दान गरिसक्या छ। दान गर्‍या बेच्न मिल्दैन,’ ओलीले भने। उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि बताए। ‘म युवाभन्दा कम सक्रिय छैन। मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भने।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार