होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अजयको ओटीटी डेब्यु ‘रुद्र’को ट्रेलर सार्वजनिक
समाचार

अजयको ओटीटी डेब्यु ‘रुद्र’को ट्रेलर सार्वजनिक

  • नागरिक रैबार
अजयको ओटीटी डेब्यु ‘रुद्र’को ट्रेलर सार्वजनिक

 काठमाडौं । बलिउड अभिनेता अजय देवगणको ओटीटी डेब्यु वेब सिरिज ‘रुद्रः द एज अफ डार्कनेस’को ट्रेलर रिलिज भएको छ । बहुप्रतिक्षित यो वेब सिरिजको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो ।

डिज्ने प्लस हटस्टारबाट स्ट्रिमिङ हुने ‘रुद्र’बाट अजयले ओटीटीमा डेब्यु गर्दैछन् । क्राइम थ्रिलर यो सिरिजमा अजय देवगणका साथै राशि खन्ना, ईशा देवल, अतुल कुलकर्णी, तरुण गहतोल, आशिष विद्यार्थी, सत्यदीप मिश्रा र मिलिन्द गुणाजी मुख्य भूमिकामा छन् ।

वेब सिरिज कुल ६ भागको हुनेछ । साइकोलोजिकल ड्रामा ब्रिटिश सिरिज ‘लुथर’को हिन्दी रिमेक ‘रुद्र’मा अजय देवगण एसीपी रुद्रवीर सिंहको भूमिकामा देखिंदैछन् । ईशा देवलले यसमा अजयकी पत्नीको भूमिका निभाएकी छन् ।

विज्ञापन

यो वेब सिरिज आगामी ४ मार्चमा रिलिज हुनेछ ।

अजयको यो वेब सिरिजका अलावा चलचित्र ‘गंगुबाई काठियावाडी’ यही २५ फेब्रुअरीमा रिलिज हुँदैछ । यसैगरी मैदान, आरआरआर, रनवे ३४ र थ्यांक गड लगायतका चलचित्रबाट पनि दर्शकमाझ आउँदैछन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार