होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन किन बनाइयो ?
सूचना-प्रविधि

ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन किन बनाइयो ?

  • नागरिक रैबार
ब्याट्री निकाल्न नमिल्ने स्मार्टफोन किन बनाइयो ?

काठमाडौं । कुनै समय थियो जब मोबाइल फोन खोलेर त्यसको ब्याट्री निकाल्न सकिन्थ्यो । कतिपय मानिसहरु आफूसँग यति धेरै ब्याट्री राख्दथे कि आफ्नो फोनमा नयाँ–नयाँ ब्याट्री हालेर चलाउँदथे । बजारमा फोनभन्दा धेरै ब्याट्री हुन्थे । मोबाइल पुरानो भएर ब्याट्रीको आयु सकिँदै गएपछि नयाँ ब्याट्री फेरेसँगै मोबाइल फोनले पुनर्जीवन पाउँथ्यो ।

तर अहिले स्मार्टफोनको डिजाइन पूर्णरुपमा परिवर्तन भैसकेको छ । हाल आउने नयाँ स्मार्टफोनहरुमा त्यसरी ब्याट्री निकाल्न सकिंदैन । ब्याट्रीहरु पूर्णरुपमा भित्र नै फिक्स्ड भएका हुन्छन् ।

आखिर किन फोन निर्माता कम्पनीहरुले आफ्ना स्मार्टफोनमा निकाल्न नसकिने ब्याट्री राख्न थाले ? निकाल्न सकिने अर्थात् रिमुभेबल ब्याट्रीको चलन किन हट्दै गयो ? धेरै कम मानिसले मात्र यो कुरामा ध्यान दिएका होलान् । वास्तवमा रिमुभेबल ब्याट्री हटाउनुका विभिन्न कारणहरु छन् :

विज्ञापन

स्मार्टफोनलाई पातलो बनाउनका लागि : अहिले मानिसहरुलाई पातलो फोन मन पर्न थालेको छ । त्यसैलाई मध्यनजर गर्दै सबै मोबाइल फोन कम्पनीहरुले ‘नन रिमुभेबल’ ब्याट्रीको प्रयोग सुरु गरे । यसो गर्दा स्मार्टफोनको आकार पहिलेको तुलनामा पातलो भयो र गोजीमा राख्न पनि सहज भयो ।

स्मार्टफोनलाई वाटरप्रुफ बनाउनका लागि : आजकल बजारमा धेरैजसो पानी नछिर्ने अर्थात् वाटरप्रुफ फोन उपलब्ध छन् । मानिसहरुले यस्ता फोन धेरै रुचाएका छन् । रिमुभेबल ब्याट्री हुँदा फोनलाई वाटरप्रुफ बनाउन सकिंदैन । नन रिमुभेबल ब्याट्री हुँदा फोन सेटलाई राम्रोसँग प्याक गरेर पानी नछिर्ने बनाउन सकिन्छ ।

प्रयोगकर्ताको सुरक्षाको लागि : सबैभन्दा ठूलो कुरा चाहिं स्मार्टफोनमा नन रिमुभेबल ब्याट्रीको प्रमुख उद्देश्य प्रयोगकर्ताको सुरक्षा नै हो । यसले पटक–पटक ब्याट्री निकाल्नुपर्ने समस्याको पनि समाधान गर्दछ । यसबाट शर्ट सर्किट भएर फोन पड्किने वा दुर्घटना हुने जोखिम पनि कम हुन्छ । साथै ब्याट्री फुल्ने समस्या पनि हुँदैन ।

ब्याट्री लाइफ बढाउनका लागि : रिमुभेबल ब्याट्री हटाउनुका अर्को कारण चाहिं नन रिमुभेबल ब्याट्रीको प्रयोगले ब्याट्रीको कार्यक्षमता र आयु बढाउन सकिनु नै हो । नन रिमुभेबल ब्याट्री लामो समयसम्म सिंगल चार्जमा चल्दछ । ब्याट्री निकाल्नु नपर्दा त्यसको कनेक्सन पनि मजबुत हुन्छ ।
–एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
देश/प्रदेश
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • १ year अगाडि