होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • १२ वर्षपछि निरुतासँग देखिंदा राजेशले भने- कहाँ जालिस् मछली मेरै ढडिया
मनोरञ्जन

१२ वर्षपछि निरुतासँग देखिंदा राजेशले भने- कहाँ जालिस् मछली मेरै ढडिया

  • नागरिक रैबार
१२ वर्षपछि निरुतासँग देखिंदा राजेशले भने- कहाँ जालिस् मछली मेरै ढडिया

काठमाडौं । अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहबीच १२ वर्षयता विभिन्न अवार्ड समारोह र चलचित्रका लागि भएका मिटिङमा भेट भएको थियो । तर उनीहरुले एकसाथ काम भने गरेका थिएनन् ।

१२ वर्षसम्म एकसाथ पर्दामा नदेखिएका राजेश र निरुताले आइतबार सार्वजनिक भएको ‘हजुर मुसुक्कै’ बोलको गीतमा सँगै काम गरेका छन् । नेपाल बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यमा राजाले गर्ने प्रेमको कथामा यो भिडियो तयार पारिएको छ ।

कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले भने, ‘निरुताजी र मैले एकसाथ काम नगरेको १२ वर्ष भएको थियो । तर कहाँ जालिस् मछली मेरै ढडिया भनेजस्तै भयो । एउटै क्षेत्रमा काम गरेपछि कहीं न कहीं भेट त भइहाल्छ ।’

विज्ञापन

निरुताले पनि मछलीलाई कसैले पनि ढडियामा पार्न नसकेको भन्दै बल्ल अवसर जुरेको बताइन् । कार्यक्रममा राजेश र निरुताबीच केही समय रमाइलो कुराकानी चलेको थियो । निरुताले राजेश हमालसँग म्युजिक भिडियोमैै भएपनि काम गर्न पाएकोमा खुसी लागेको बताइन् ।

१२ वर्षपछि भेट्दा निरुतामा के परिवर्तन पाउनुभयो त भन्ने प्रश्नमा राजेशले भने, ‘१२ वर्षअघि उहाँ हुर्किंदै हुनुहुन्थ्यो । अहिले भरपुर जवानी चढेछ । पर्नु पीर पर्‍यो ।’

जवाफमा निरुताले भनिन्, ‘उहाँ बल्ल २१ वर्षको जस्तो हुनुहुन्छ । म त स्विट १६ हो । आज भेट्दा त २१ बाट पनि तल झर्नुभयो कि जस्तो लाग्दैछ ।’

सार्वजनिक गीतको भिडियोमा राजेश र निरुताको साथमा प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डित लगायतको अभिनय छ ।

भव्य सेटमा तीन दिन तीन रात लगाएर खिचिएको यो भिडियोलाई जीबी अग्रीले निर्देशन गरेका हुन् । उनकै कथा र पटकथा रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । सञ्जय लामाले खिचेको भिडियोलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

यो गीतमा रचना रिमाल र कृष्ण विकको स्वर र सुरेश अधिकारीको शब्द तथा संगीत छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै