होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फिफा विश्वकप आउन १०० दिन बाँकी
समाचार

फिफा विश्वकप आउन १०० दिन बाँकी

  • नागरिक रैबार
फिफा विश्वकप आउन १०० दिन बाँकी

काठमाडौं । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप आउन अब १०० दिन बाँकी छ । फुटबलको महाकुम्को रुपमा रहेको फिफा विश्वकप कतार २०२२, आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ ।

यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका लागि एक दिन अघि सारिएको हो ।

विश्वको यो २२औं संस्करण हो । जहाँ एसियाबाट अहिलेसम्मकै कीर्तिमानी ६ राष्ट्रले खेल्दैछन् । कतार आयोजकको रुपमा सिधै छनोट हुँदा जापान, इरान, दक्षिण कोरिया, साउदी अरेबिया र अष्ट्रेलिया छनोट चरण पार गर्दै छानिएका हुन् ।

विज्ञापन

यस्तै युरोपबाट सर्वाधिक १३ राष्ट्रले विश्वकप खेल्नेछन् । जसमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसियासहित डेनमार्क, इंग्ल्याण्ड, जर्मनी, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन, स्वीट्जरल्याण्ड र वेल्स छन् ।

यस्तै अफ्रिकाबाट क्यामरुन, घाना, मोरोक्को, सेनेगल र ट्युनिया छनोट भएका छन् भने दक्षिण अमेरिकाबाट ब्राजिल, अर्जेन्टिना, इक्वेडर र उरुग्वे तथा उत्तर तथा मध्य अमेरिकाबाट क्यानडा, मेक्सिको, अमेरिका र कोष्टारिका छानिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार