होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीका लागि उडेको जहाजभित्रै यात्रुले चुरोट तानेपछि हंगामा
समाचार

धनगढीका लागि उडेको जहाजभित्रै यात्रुले चुरोट तानेपछि हंगामा

  • नागरिक रैबार
धनगढीका लागि उडेको जहाजभित्रै यात्रुले चुरोट तानेपछि हंगामा

धनगढीः काठमाडौँबाट धनगढीका लागि उडेको जहाजमा एक यात्रुले चुरोट तानेका छन्। बुधबार दिउँसो सवा ३ बजे काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध एयरको जहाजमा ती यात्रुले चुरोट तानेका हुन्।

जहाजको शौचालय गएका उनी चुरोट तान्दै सिटमा आएर बसेको एक यात्रु निशा ठगुन्नाले बताइन्। उनका अनुसार जहाजमा चुरोटको धुँवा देखिएपछि एकछिन त्यहाँ तनाव सृजना भएको थियो। यात्रुहरुले जहाजमा आगो लागेको आशंका गरेपछि हंगामा भएको ठगुन्नाले बताइन्।

जहाज धनगढी विमानस्थलमा ल्यान्ड गरेपछि चुरोट तान्ने कैलालीको टीकापुर घर भएका नारायण उपाध्यायलाई नियन्त्रणमा लिइएको छ। उनलाई धनगढी विमानस्थलमा रहेको प्रहरीले नियन्त्रणमा लिएको हो। अब उपाध्यायलाई जिल्ला प्रहरीलाई बुझाउने तयारी थालिएको धनगढी विमानस्थल प्रशासनले बताएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार