होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेको सचिवालय बैठक सुरु
समाचार

एमालेको सचिवालय बैठक सुरु

  • नागरिक रैबार
एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ ।

स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिने विषय पनि बैठकको एजेण्डामा राखिएको छ ।

विज्ञापन

आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले आजको बैठकको एजेण्डा तय गरेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार