होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रौतहटको यमुनामाईको मतदानस्थलबाट मतपेटिका लिएर भागे स्थानीय
समाचार

रौतहटको यमुनामाईको मतदानस्थलबाट मतपेटिका लिएर भागे स्थानीय

  • नागरिक रैबार
रौतहटको यमुनामाईको मतदानस्थलबाट मतपेटिका लिएर भागे स्थानीय

रौतहटको यमुनामाई गाउँपालिका २ स्थित भिडियाही टोलमा मतपेटिका लिएर स्थानीय भागेका छन्।अपरान्ह साढे ४ बजे झडपको क्रममा स्थानीयले मतदानस्थलबाट मतपेटिका लिएर भागेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ। यद्यपि सो मतपेटिका प्रहरीले नियन्त्रणमा लिइसकेको निर्वाचन अधिकृत घनश्याम साहले बताए।

उनका अनुसार एउटा मतपेटिका लिएर स्थानीयले भागेका थिए।प्रहरीले लखेटेर मतपेटिका नियन्त्रणमा लिएको थियो।निर्वाचनको क्रममा झडप भएपछि मतदान रोकिएको थियो। अहिले सर्वदलीय बैठक चलिरहेको निर्वाचन अधिकृत साहले बताए।जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा आक्रोशित भिडले मतपेटिका लिएर भागेका थिए।

निर्वाचन अधिकृत साहका अनुसार झडपको क्रममा मतदानमा खटिएका उम्मेदवारका प्रतिनिधिले मतपेटिकामा पानी समेत खन्याइदिएका थिए।यस्तै, यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थलबाट समेत एउटा मतपेटिका लिएर उनीहरू भागेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार