होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका पहाडी जिल्लामा झडप, कहाँ-कहाँ छ विवाद ?
समाचार

सुदूरपश्चिमका पहाडी जिल्लामा झडप, कहाँ-कहाँ छ विवाद ?

  • नागरिक रैबार
सुदूरपश्चिमका पहाडी जिल्लामा झडप, कहाँ-कहाँ छ विवाद ?

धनगढीः सुदूरपश्चिममा स्थानीय तह निर्वाचनको क्रममा पाँच पहाडी जिल्लामा झडप र विवाद भएको छ। सुदूरका पहाडी जिल्ला बझाङ, बाजुरा, दार्चुला, बैतडी र अछामका केही ठाउँमा दुई पक्षबीच झडपको स्थिती सृजना भएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार विवादपछि बाजुराका एक, बझाङका तीन र कञ्चनपुरको एक ठाउँमा विवादले मतदान प्रक्रिया रोकिएको छ। यस्तै मतदान रोकिएका ठाउँमा पुनः मतदान सुचारु गर्न छलफल भइरहेको छ। अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको बताइएको छ।

कहाँ कहाँ भयो झडप ?

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसारका बझाङ, बाजुरा, दाचुृला र अछाममा मतदानका क्रममा झडप भएको छ। झडपपछि बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ स्थित सुनिपिपल चौर मावि सुवेडा, केदारस्युँ गाउँपालिका वडा नम्बर ४ स्थित जगन्नाथ माबि सैन्सु र मष्टा गाउँपालिका ५ स्थित द्वारिकानाथ माध्यमिक विद्यालयमा पनि मतदान रोकिएको छ। उता बाजुरामा पनि विवादपछि पाण्डुसैन र बुढीगंगा लगायतका ठाउँमा झडप भएको थियो। झडपपछि ती ठाउँहरुमा पनि मतदान रोकिएको छ।

विज्ञापन

यता, कञ्चनपुरको पुनर्वास नगरपालिकामा पनि नक्कली मतदाता आएको भन्दै मतदान प्रक्रिया रोकिएको छ। नेकपा माओवादी केन्द्रका नेताहरुले मत हाल्न पाउने भनी फर्जी मतदातालाई पठाएपछि विवाद भएको थियो। पुनर्वास नगरपालिका वडा नम्बर १० को विजय माध्यमिक विद्यालय मतदानस्थलमा मतदान रोकिएको कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत मदन धामीले बताए। उनका अनुसार राजनीतिक दलको बैठक जारी रहेकोले सहमति पश्चात् मतदान सुरु हुने छ।

यस्तै सुदूरपश्चिमका दुई जिल्लामा ३ जनाको मृत्यु भएको छ। बैतडीका २ जना र दार्चुलामा एकजनाको मतदानका क्रममा मृत्यु भएको हो। बैतडी पाटन ६ टुँडेगैरका ६८ वर्षीय कमलसिंह बिष्ट, दोगडाकेदार गाउँपालिका ३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट र दार्चुला महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै