होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मतपेटिका संकलन हुँदै, आजै मतगणना शुरू हुने
समाचार

मतपेटिका संकलन हुँदै, आजै मतगणना शुरू हुने

  • नागरिक रैबार
मतपेटिका संकलन हुँदै, आजै मतगणना शुरू हुने

देशभर एकसाथ ७५३ स्थानीय तहको निर्वाचन भएको छ। आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधि सकिएको छ। आयोगका अनुसार मतदानका लागि लाइनमा बसेका मतदाताले अझै मत दिन पाउनेछन्।

कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा स्थगित भएको मतदान ढिलो गरि सुरू भएका छन् ।मतदान सम्पन्न भएको मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको आयोगले बताएको छ ।

सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतले तोकेको स्थानमा मतपेटिका लैजाने क्रम जारी रहेको निर्वाचन आयोगले बताएको छ ।

विज्ञापन

निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको स्थानमा नै आजै रातिबाट मतगणना शुरू हुने निर्वाचन आयोगले बताएको छ ।मतगणना शुरु हुनुअघि निर्वाचन अधिकृतले सर्वदलीय बैठक राख्नेछन्। सर्वदलीय बैठकपछि मतगणना शुरू हुने निर्वाचन आयोगले जानकारी दिएको छ।

केही स्थानमा स्थगित भएको मतदान अर्को दिन हुने आयोगले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै