होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनतालाई सभाहल र भ्यूटावर चाहिएको छैन : सांसद चौधरी
समाचार

जनतालाई सभाहल र भ्यूटावर चाहिएको छैन : सांसद चौधरी

  • नागरिक रैबार
जनतालाई सभाहल र भ्यूटावर चाहिएको छैन : सांसद चौधरी

सांसद लक्ष्मीकुमारी चौधरीले जनताले भ्यू टावर सभाहल भन्दापनि ढल निकास, फोहोर व्यवस्थापन चाहेको बताएकी छिन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले त्यस्ता कुराहरुमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

उनले भनिन्– ‘बर्खामा पानी परेपछि शहरमा ढल निकास नभएर महिनौंसम्म घर डुबानमा पर्ने अवस्था देखिन्छ । त्यसको निकासका लागि शहरी विकास मन्त्रालयले विशेष ध्यान दिओस् भन्ने चाहन्छु । खेतीयोग्य जग्गालाई ध्यान नदिईकन शहरको विकास भइरहेको छ यो कुरामा पनि ध्यान दिनुपर्छ । खेती नहुने जमिनमा वस्ती विकास गर्दा हामीले कृषि पेसालाई बचाउन सक्छौँ ।’

उनले विद्युत तार व्यवस्थित नहुँदा धेरै मानिसले ज्यान गुमाउनुपरेको बताउँदै बिद्युत तारलाई भूमिगत गर्न आग्रह गरिन् । पहाडी क्षेत्रमा बाटो बनाउँदा डोजरका कारण भू–क्षय बढेको भन्दै श्रमिक लगाएर बाटो निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार