होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा कांग्रेसबाट समानुपातिकमा को-को परे ? (नामसहित)
समाचार

सुदूरपश्चिममा कांग्रेसबाट समानुपातिकमा को-को परे ? (नामसहित)

  • नागरिक रैबार
सुदूरपश्चिममा कांग्रेसबाट समानुपातिकमा को-को परे ? (नामसहित)

धनगढीः नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेशसभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखिएको छ।

जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थारुबाट गिताकुमारी चौधरी सांसद बनेकी छन्।

बैठकले प्रदेशको टुंगो लगाएको र संघको केही विवाद भएकाले छलफल जारी रहेको बताइएको छ। प्रतिनिधिसभातर्फका पुरुष सांसदहरुको भने सूची तयार गर्न सभापति शेरबहादुर देउवालाई जिम्मा दिइएको छ।

विज्ञापन

को के र कहाँबाट ?
थारुः गिता कुमारी चौधरीः कञ्चनपुर क्षेत्र नम्बर २

दलितः ललिता सुनारः कैलाली क्षेत्र नम्बर १

खसआर्य
मधु भारतीः कञ्चनपुर क्षेत्र नम्बर ३

सरस्वती खड्काः डडेल्धुरा

जुना दानीः बाजुरा

डम्बरी महरा (रक्षा)ः कैलाली क्षेत्र नम्बर ५

दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार