होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • जब प्रदीप खड्काले जुम्लामा हलो जोते…
मनोरञ्जन

जब प्रदीप खड्काले जुम्लामा हलो जोते…

  • नागरिक रैबार
जब प्रदीप खड्काले जुम्लामा हलो जोते…

काठमाडौं । फिल्म ‘प्रकाश’ र अभिनेता प्रदीप खड्कालाई लिएर केही किस्सा यतिबेला फिल्म बजारमा सुनिन थालिएका छन् । चरित्रको जीवन बाँच्न एकान्तकुनादेखि अनामनगरसम्म खाली खुट्टा हिंडेर आएको किस्सा होस् वा जुम्लेली भाषा सिक्न उनले गरेको मेहनत ।

यतिबेला भने, ‘प्रेमगीत’ फेम्ड अभिनेताको नयाँ चरित्र चित्रण सार्वजनिक भएको छ । उनी अभिनित पछिल्लो फिल्म प्रकाशमा प्रदीपले कर्णाली लुक्समा हलो जोत्दै गरेको देखिन्छ ।

विज्ञापन

सार्वजनिक दुई तस्वीरमा खड्का चरित्रमा पोतिएका छन् । मैलो पात्र र उक्त पात्रको मनोदशा तस्वीरमा देख्न सकिन्छ । कास्टिङ निर्देशक अनुप बरालले प्रदीपलाई सो चरित्रमा बदल्न सफल देखिएका छन् ।

प्रदीपको कर्णाली लुक्स सेटिङमा मात्र हो वा पात्रको विकाससँग पनि सम्बन्धित छ ? यो कुरा थाहा पाउन फिल्मको प्रदर्शन मिति भदौ १० गतेसम्म प्रतीक्षा गर्नैपर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार