होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेविसंघले त्रिविमा लगाएको ताला खोल्ने, भण्डाफोर कार्यक्रम गर्ने
समाचार

नेविसंघले त्रिविमा लगाएको ताला खोल्ने, भण्डाफोर कार्यक्रम गर्ने

  • नागरिक रैबार
नेविसंघले त्रिविमा लगाएको ताला खोल्ने, भण्डाफोर कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पदाधिकारीका कार्यकक्षमा लगाएको ताला खोल्ने भएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार विज्ञप्ति निकालेर त्रिविमा लगाएको ताला खोल्ने निर्णय भएको जानकारी दिएका छन् । उनका अनुसार नेविसंघले दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखेको छ ।

नेविसंघ अध्यक्ष शेर्पाले त्रिविभित्रका भ्रष्टाचार, वेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको जानकारी दिए ।

विज्ञापन

यही माग राख्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको उनले जानकारी दिए । आफूहरुले ताला लगाउनुको कारण र त्रिविमा भैरहेको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलाबद्ध प्रहारबारे दिउँसो ३ बजे भण्डाफोर कार्यक्रम राखिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

हेर्नुहोस् नेविसंघको विज्ञप्ती

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार