होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काभ्रेको घिमिरे गाउँमा विस्फोट, २४ वर्षीय मोहन विक घाइते
समाचार

काभ्रेको घिमिरे गाउँमा विस्फोट, २४ वर्षीय मोहन विक घाइते

  • नागरिक रैबार
काभ्रेको घिमिरे गाउँमा विस्फोट, २४ वर्षीय मोहन विक घाइते
सांकेतिक तस्बिर

काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २४ वर्षीय मोहन विक घाइते भएको बताए । उनको मुख र हातमा गहिरो चोट लागेको छ । घाइते विकको ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ ।

नजिकै रहेको जंगलमा पहिचान नखुलेका वस्तु भेटिएको र आगोमा लगाउँदा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता खतिवडालाई बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यस क्षेत्रको जंगलमा नेपाली सेनाले नियमित अभ्यास गर्दै आएको छ । सो क्रममा ‘मिस फायर’को बम विकले भेटेको हुन सक्ने प्रहरीले आशंका प्रहरीको छ । तर, पुष्टि भइसकेको छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार