होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रदीपको जन्मदिनमा ‘प्रकाश’को रिलिज मिति घोषणा
समाचार

प्रदीपको जन्मदिनमा ‘प्रकाश’को रिलिज मिति घोषणा

  • नागरिक रैबार
प्रदीपको जन्मदिनमा ‘प्रकाश’को रिलिज मिति घोषणा

काठमाडौं । प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ आगामी भदौ १० गते रिलिज हुने भएको छ । प्रदीपको जन्मदिनको अवसर पारेर फिल्मको निर्माण टिमले आफ्ना दुई मुख्य पात्रको लुक्ससहितको अफिसियल पोस्टर सार्वजनिक गरेको हो ।

दिनेश राउत निर्देशित फिल्मले विपन्न वर्गको एक गाउँले युवकले सरकारी शिक्षक बन्न गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ । पोस्टरमा प्रदीप र दीयालाई ग्रामीण लुक्समा देख्न सकिन्छ ।

आफू अभिनित ‘प्रेमगीत ३’ महामारीको कारण लगातार पोस्टपोन्ड भइरहेको बेला प्रकाशको प्रदर्शन मिति तोकिंदा प्रदीपलाई राहत दिएको छ । वैशाख अन्तिम साता प्रदर्शनको पूर्वतयारीमा रहेको प्रकाश सोही मितिमा ‘कबड्डी ४’ आउने भएपछि पोस्टपोन्ड भएको थियो ।

विज्ञापन

प्रसाद, नोभेम्बर रेन, क्लासिक फिल्म निर्देशन गरिसकेका राउतले पछिल्लो फिल्ममा पनि सामाजिक कथावस्तुलाई चित्रण गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार