होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जातिय बिभेद अन्त्य गर्न समग्र नेपाली कै साथ चाहिन्छ : शिव परियार
समाचार

जातिय बिभेद अन्त्य गर्न समग्र नेपाली कै साथ चाहिन्छ : शिव परियार

  • नागरिक रैबार
जातिय बिभेद अन्त्य गर्न समग्र नेपाली कै साथ चाहिन्छ : शिव परियार

लाखै नेपाली जनताको मन र मस्तिष्कमा राज जमाउन सफल अत्यन्तै सुपरहिट गायक शिव परियार गित संगितमा मात्र होइन समाजका रहेका हरेक बिदामा दख्खल राख्ने एक अब्बल व्यक्तितब हुन ।

नेपाली समाजमा सदियौ देखि जरा गाडेर बसेको जातीय भेदभाव अहिले पनि झनै मौलाएको छ । यसै यथास्थिति माथी गित संगित बाट गरिने परिवर्तनको पहल र प्रहारमा कुनै कथित एकल जातिले मात्र चाहेर नहुने भन्ने आसय बरिस्ठ गायक शिव परियारले आफ्नो आधिकारिक फेशबुक मार्फत व्यक्त गरेका छन ।
उनको विचार जस्ताको त्यस्तै:

“जातिय बिभेद उन्मुलन तथा जातिय समताका लागि (दुई शब्द) कोरिने बित्तिकै त्यसलाई स्वरांकन गर्नका लागि परियार,नेपाली,बिश्वकर्मा नै थर भएका गायक,गायिका मात्र खोजि गरि हिड्नु र गायनका लागि प्रस्ताव गर्नु वा यस बिषय संबद्ध गायनमा उनिहरुलाई मात्र संलग्न गराउँने सोच राख्नु पनि जातिय बिभेदकै एउटा शुषुप्त नमुना हो ।

विज्ञापन

जातिय समताका लागि जनचेतना जगाउँने गीत गैर उत्पिडित भनेर चिनिएका सम्प्रदाय सम्बद्ध गायक गायिकाले गाउदा झन यो बिषयमा अझ जनचेतना फैलिन सक्दछ ।

जातिय बिभेद केवल एक सम्प्रदाय या जातिको मात्र समस्या नभई यो समग्र देशकै चेतनाको बिकासको बाधक बनेको समस्या हो,यो समग्र नेपाल देशकै बिकासको बाधक समस्या हो । सबैले बुझौं र सबैले यो निर्मुल पार्ने प्रेमिल अभियानमा आफुलाई आजै देखि सामेल गरौं ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार