होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले यसरी छान्दैछ १०२ समानुपातिक सांसद
समाचार

एमालेले यसरी छान्दैछ १०२ समानुपातिक सांसद

  • नागरिक रैबार
एमालेले यसरी छान्दैछ १०२ समानुपातिक सांसद

नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका १०२ जना समानुपातिक सांसद छान्दैछ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको नाम सार्वजनिक गरेसँगै दलहरुलाई बन्दसूचीमा समावेश नामहरूलाई क्लस्टर मिलाएर पार्टीले पाएको मतअनुसार नाम पठाउन निर्देशन दिएपछि सोही अनुसार एमालेले आज बैठक बसेर प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फका ६८ गरी १०२ जना समानपातिकबाट निर्वाचित हुने नाम निर्वाचन आयोगलाई पठाउन लागेको हो । त्यसका लागि शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।

प्रतिनिधि सभाको समानुपातिकमा एमालेले ३४ मध्ये १९ जना महिला र १५ जना पुरुषको नाम पठाउने तयारी गरेको छ । यसअघि एमालेले ११० जनाको बन्दसूची आयोगलाई बुझाएको थियो । त्यहीभित्रबाट सिट अनुसार नामहरु मिलाएर पठाउनुपर्नेछ ।

जसमा खस आर्य क्लस्टरबाट ५ महिला र ६ पुरुषसहित ११ जना हुनेछन् । यसरी नाम पठाउँदा बन्दसूचीमा रहेकामध्ये पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौदी, दयालबहादुर शाही, खिमलाल पोखरेल, मुक्तिप्रसाद पाठक पर्ने सम्भावना रहेको छ । त्यसैगरी खसआर्यको महिलामा मेनका कुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी र निर्मला कोइरालाको सम्भावना छ ।

विज्ञापन

त्यस्तै आदिवासी जनजाति क्लस्टरबाट १० जना समानुपातिक सांसद बन्नेछन् । त्यसमा चार पुरुष र ६ महिला हुनेछन् । जसमा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास रहनेछन् भने सोही क्लस्टरको महिलाबाट नैनकला थापामगर,सुर्यकुमारी श्रेष्ठ,उर्मिला थेवे, इश्वरी घर्ति, रणकुमारी बलम्पाकीमगर र शान्ति श्रेष्ठ पर्ने सम्भावना बढी रहेको छ ।

त्यसैगरी दलित क्लस्टरबाट ५ जना छानिनेमध्येमा दुई पुरुष ईश्वरबहादुर रिजाल(विक) र प्रभु हजारा दुसाध छानिनेछन् भने महिलाबाट रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा, इन्दिराकुमारी पन्थीको सम्भावना रहेको छ । त्यसैगरी मधेसीतर्फ ५ जना छानिनेमा २ पुरुष र ३ महिला हुनेछन् । जसमा गंगाप्रसाद यादव, अमृतलाल राजवंशीको सम्भावना रहेको छ भने महिलातर्फ वीना देवी, अमृतादेवी अग्रहरी र प्रतिक्षा तिवारीको सम्भावना रहेको छ । त्यसैगरी थारुतर्फ सत्यनारायण चौधरी र अस्माकुमारी चौधरीको सम्भावना रहँदा मुस्लिमबाट रुही नाज छानिने सम्भावना रहेको छ ।

यस्तै प्रदेश सभाका लागि ६८ जनाको नाम क्लस्टर मिलाएर सकेसम्म आजै आयोगलाई बुझाउने गुरुङको भनाइ छ । एमालेले निर्वाचनमा पाएको समानुपातिक मतअनुसार प्रदेश १ बाट १५, मधेस प्रदेशबाट ८,वागमती प्रदेशबाट १२, गण्डकी प्रदेशबाट १०, लुम्बिनी प्रदेशबाट ११,कर्णाली प्रदेशबाट ५ र सुदूरपश्चिमम प्रदेशबाट ७ जना प्रदेश सांसद छान्नुपर्ने हुन्छ ।

एमालेको आयोगमा बुझाएको बन्दसूची

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार