होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अब सहचालकलाई पनि ‘परिचालक अनुमतिपत्र’
समाचार

अब सहचालकलाई पनि ‘परिचालक अनुमतिपत्र’

सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् ।

  • नागरिक रैबार
अब सहचालकलाई पनि ‘परिचालक अनुमतिपत्र’

काठमाडौं । सात वटै प्रदेशहरु सार्वजनिक सवारीका सहचालक( परिचालक)लाई पनि लाइसेन्स दिने व्यवस्था लागू गर्न तयार भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सात वटै प्रदेशका यातायात मन्त्रीहरुको यातायातस्तरीय अन्तरतह समन्वय बैठकमा परिचालक अनुमतिपत्रको व्यवस्था गरी क्रमशः कार्यान्वयन गर्ने सहमति भएको हो ।

अहिले चालकलाई मात्रै अनुमतिपत्र मात्रै दिने व्यवस्था छ । यसले गर्दा परिचालकहरुले सवारीमा काम गर्ने भएपनि सवारी चलाउनै नपाउने अवस्था छ । कतिपय अवस्थामा परिचालहरुले चलाएको सवारी दुर्घटना हुने गरेका छन् । अब परिचालक बन्न समेत न्य”नतम् योग्यता प”रा गर्नुपर्ने गरी अनुमतिपत्रको व्यवस्था गर्न छलफल भएको हो ।

‘सबै कुरा टुंगिएका छैनन्, तर परिचालकलाई पनि अनुमतिपत्र दिनुपर्छ भन्नेमा मन्त्रीज्यूहरु एकमत हुनुभएको छ’ यातायात मनत्रालय स्रोतले भन्यो । सवारी परिचालक अनुमतिपत्रका लागि प्रदेश सरकारहरुले पनि छुट्टै कानुनी प्रवन्ध गर्नुपर्ने छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार