होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ घोषणा
समाचार

पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ घोषणा

  • नागरिक रैबार
पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ घोषणा

पाँचौ ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममकाबीच अवार्डको जानकारी गराइयो । नेपाली फिल्मलाई विश्वस्तरमा पु¥याउने उद्देश्यले सन् २०१६ देखि नियमित आयोजना हुँदै आएको यो बर्ष २०२२ जुलाई ३ तारिखमा आयोजना हुने आयोजकले जनाएको छ ।

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी अमेरिका र एसोसियसन अफ नेप्लिज इन द अमेरिकाज् (एएनए) को संयुक्त आयोजना रहने अवार्डमा ‘एटिए एभरेष्ट इन्स्यूरेन्स’ले प्रायोजन गर्न लागेको हो । नेपाली फिल्म र फिल्मकर्मीलाई सम्मान, अमेरिकामा रहेका फिल्मकर्मीलाई प्रोत्साहन तथा सम्मान अवार्डमा गरिने आयोजको भनाईरहेको छ ।

यो वर्षबाट अवार्डमा भुटानी फिल्महरुबीच प्रतिस्पर्धा गराएर पहिलो, दोस्रो र तेस्रो विजेता छानिने आयोजक नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले बताए । ‘नेपालका फिल्म छायांकन गर्ने सुन्दर ठाउँको प्रचार अवार्डको अर्काे उद्देश्य हो ’ मल्लले थपे ।

विज्ञापन

नीर शाह, शिव श्रेष्ठ, करिश्मा मानन्धर, अशोक शर्मा, उज्जवल घिमिरे, आर्यन सिग्देल, रविन्द्र खड्का, सरिता लामिछाने, अर्जुन पोखरेल लगायतको उपस्थिति रहेको कार्यक्रममा धेरैले अवार्डको सफलताका लागि शुभकामना दिएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार