होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डको उम्मेदवारी दर्ताका लागि बाबुराम पनि गोरखा जाने
समाचार

प्रचण्डको उम्मेदवारी दर्ताका लागि बाबुराम पनि गोरखा जाने

  • नागरिक रैबार
प्रचण्डको उम्मेदवारी दर्ताका लागि बाबुराम पनि गोरखा जाने

निर्वाचन आयोगले भोलि देशभर प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने भएको छ । टिकट पाएका नेताहरु उम्मेदवारी दर्ताको लागि जिल्लातर्फ लागेका छन् । उम्मेदवारी दर्ताको लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भोलि गोरखा जाने भएका छन् । प्रचण्डसँगै नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई पनि गोरखा जाने भएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराउने भएपछि भट्टराई पनि प्रचण्डसँगै गोरखा जान लागेका हुन् । बाबुराम नेतृत्वको नेसपा माओवादीको चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने भएको छ । तर भट्टराई भने प्रत्यक्ष निर्वाचन नलड्ने भएका छन् । त्यसैले प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका हुन् ।

गोरखाबाट निर्वाचन लड्ने प्रचण्डको निर्णयलाई बाबुराम भट्टराईले यसअघि नै स्वागत गरेका थिए । प्रचण्ड गोरखाबाट चुनाव लड्नुमा ठूलो सांकेतिक महत्व रहेको भन्दै भट्टराईले प्रचण्डलाई जिताउन आफ्नो पूर्ण साथ रहने बताउँदै आएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार