होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • चुनावकाे माैसमपनि हेर्नुस् त….
विचार/ब्लग

चुनावकाे माैसमपनि हेर्नुस् त….

  • नागरिक रैबार
चुनावकाे माैसमपनि हेर्नुस् त….

साहेद ! चुनावी सरगर्मीले हाे कि ? संसदवादी पार्टीहरूलाई याे वर्षादकाे झरिपनि झरिझैँ लागिरहेको छैन् । तिर्थधामबाट छर्किएकाे जलझैँ अनि पार्टी सिंहासनबाट निधारमा लागेकाे तिलककाे टीकाझैँ शिरदेखि पाँउमा फूलकाे बर्षाझैँ भएको छ,उनीहरूलाई । तर, याे सर्वहारा उत्पीडित किसानहरू वाहेकलाई मात्र हाे ।

अरू त हेर्नुस् – आजभाेलि गाउँ सहरमा : राजनीतिकर्मी, कर्मचारीतन्त्र, पत्रकार, कलाकार, युवा तथा बाैद्विकवर्ग यी उल्लिखित पात्र र प्रवृत्ति प्रभावका हिसाबले यत्र-तत्र-सर्वत्र छाएका छन्,यतिबेला । झन सामाजिक सञ्जाल त हेरिसक्नु छैन् । तछाड- मछाड छ उहाँहरूकाे । तर, याे देश उनीहरूको बाआमाकाे बपौती यानिकि विर्ता होइन, सिरफ यहाँ उनीहरूले यसलाई अनाधिकृत कब्जा जमाएका मात्र हुन् ।

उनीहरूबाट शासित र प्रताडित जनसंख्याको ठूलो हिस्सा आज यहाँ निकै असन्तुष्ट छ । तर, मौन छ । कुरा गम्भीरतापूर्वक साेच्नुपर्छ । सानो हिस्सा नै भएपनि सही, राजनीति, कर्मचारीतन्त्र तथा बौद्धिक वृत्तमा आम मान्छेको भावनाको प्रतिनिधित्व गर्नेहरू पनि छन् , नभएका हाेईनन् । यहाँ बुझिराख्नुपर्ने कुरा आममानिसको अबको कार्यभार कसैको अनुचित प्रभावमा नपर्नु पनि हो । भाषणबाजीमा होइन, व्यवहारमा राजनीतिकर्मीको परख गर्नु हो ।

विज्ञापन

नेपालमा यतिखेर हुन लागिरहेपनि सदासर्वदा दुनियाँभरि चुनाव भइरहेको छ तर आम श्रमजीवी र न्यायप्रेमी मानिसको दुःख भने दिनानुदिन बढिरहेछ । के पुँजीवादी व्यवस्थाका यस्ता चुनावहरूबारे फरक ढंगले प्रतिबहस हुनै नपर्ने हो र ? खुलेर बहस गरा‌ैँ न । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव – क.आहुतीले एउटा चुनावी माहाेलकाे आलेखमा भनेझैं देश लुटेको दलाल पुँजीपतिले संसदवादी पार्टीहरूलाई तब नै लगानी गर्छ, जब थप नाफा पाउने सम्भावना देख्छ ।

र, अर्को महत्त्वपूर्ण कुरा तल्लो वर्गका उम्मेदवार यदि विजेता बने उनीहरू लगानीकर्ता दलाल पुँजीपतिको आम्दानी बढाउने नीति बनाउन वा उनीहरूको खराब हर्कतमा चुप बस्न बाध्य हुन्छन् । फेरि थप्दै भनेका छन् । दलाल पुँजीवादी व्यवस्थाका पक्षधरहरू वर्ग र वर्गसंघर्षको विषय पटक्कै मन पराउँदैनन् ।

उनीहरू दर्शन, विचार र राजनीति वर्गीय हुँदैन भन्ने गर्छन् । यथार्थमा उनीहरू वर्गको विषयलाई छोपेर आफ्नो शोषकवर्गीय राइँदाइँ जारी राख्न नै यस्तो तर्क गर्दछन् । तर, समाज वर्गमा विभक्त छ, वर्गहरूबीच कहिले सुषुप्त त कहिले विस्फोटक वर्ग संघर्ष जारी छ । समाजका विचारजन्य सबै विषय वर्गीय छन् । पुँजीवादी व्यवस्थाभित्रको निर्वाचन स्वयम् एक विचारमा आधारित प्रणाली हो । तब निर्वाचन प्रणाली वर्गीय हुन्छ कि हुन्न ? निःसन्देह वर्गीय समाजमा निर्वाचन प्रणाली पनि स्वतः वर्गीय हुन्छ ।

यस वैचारिकीमा उभिँदा पुँजीवादी संसदीय व्यवस्थाको निर्वाचन प्रणाली पुँजीपति वर्गलाई नै मूलतः सेवा गर्ने खालको हुन्छ र छ । त्यसैले हामी भन्छाैँ । गणतन्त्रपछिकाे दशकमा सत्तासीन संसदवादी पार्टीका फलाक मार्ने नेता, कार्यकर्ता तथा पार्टीगत बाैद्विकहरूलाई त्याेपनि विनापूर्वाग्रह प्रश्न सोधौं र चित्त बुझ्ने उत्तर नपाउन्जेल सोधिराखौं ।

सुरूमा: 

नं.१, विगतमा महामारीका कारण राेग, भोक र अभावले आममानिस मर्दै र प्रताडित हुँदै गर्दा सत्तानजिकका व्यापारीले लुट मचाउँदै कसरी अर्बौं रुपैयाँ कमाउन सके ? साेधाैँ ।

नं.२,

• एउटै देशको सीमाभित्र जन्मे-हुर्केर पनि कसैको उपचारका लागि देशैभरका विशेषज्ञ डाक्टर एकै ठाउँमा जम्मा हुने तर कसैले अस्पतालमा सिटामाेल र बेडसम्म नपाएर मर्न पर्नुको कारण के हाे ? सोधौँ ।

नं.३,

• कुनै मनकारीले भोकभोकै मर्दै पर्दै गरेका उत्पीडितहरूलाई देशका कुनाकन्धरामा रासन तथा लुगालत्ता खुलामञ्चमा निःशुल्क खाना बाँड्दै गर्दा, छेवैमा हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै उत्सव मनाउने गरेका दलाल संसदवादी पार्टीका नेताहरूकाे नैतिकताबारे प्रश्न गरौंँ ।

नं.४,

• किन काेही ठाँटकाँटसहित महल ठड्याई, गाडीमाेटर खरेदी विलासी ऐस आरामकाे जिन्दगी बाँचीरहेका त, काेही भारी बाेकेकाे, गिट्टी कुटेकाे पैसा नपाएर न्यायका लागि जिप्रका चक्कर हानिरहेकाछन् ? साेधाैँ ।

नं.५,

• महामारीले रोजगारी गुमाएर भोकभोकै सडकमा भौतारिएका मजदुरहरूलाई पचास वर्षअघिको ऐनअनुसार कारबाही गर्ने तर वर्षौं लामो संघर्षपछि जनताका प्रतिनिधिले बनाएको संविधान उल्लंघन गर्ने नेतालाई कानुनी कारबाही नहुनुको कारण के हाे ? सोधौँ ।

नं.६,

• किन घरछेउका स्कुल क्लेजमा अग्रिम बैंक भाेचर नभरी पठनपाठनमा भाग लिन पाईदैन् ? साेधाैँ ।

नं.७,

• आमसभामा शक्ति देखाउन दर्जनौँ यातायातका साधनहरू रिजर्भ गर्न सक्नेहरूले सयौँ किलोमिटर पैदल घर फर्कन अभिशप्त जनताका लागि यातायातको व्यवस्था गर्न किन रुचि देखाएनन् ? सोधौँ ।

नं.८,

• देशको मुहार फेर्न गरिखाने वर्ग पासपोर्ट बाेकी किन पराया धर्तीतिर प्लायन हुँदैछ ? साेधाैँ ।

नं.९,

• किन काकाकुल हुँदैछन् ? यहाँका खाेला नदी छेउकिनारका खेत गह्राहरू, अनि जल मल विउ पल पाउँदैनन्, खेत पाखाेबारी ? साेधाैँ ।

नं.१०,

• किन दलित, महिला तथा उत्पीडित राष्ट्रका आम मानिस दिनानुदिन चरम गरिबीको सिकार भई अनागरिक बन्दैछन् ? साेधाैँ ।

नं.११,

• स्कुल, क्याम्पस तथा अस्पताल निर्माणको सट्टा मन्दिर निर्माण राज्यको प्राथमिकतामा किन पर्‍यो ? सोधौँ ।

नं.१२,

• जात व्यवस्था र पितृसत्तात्मक चिन्तन प्रणालीलाई थाँक्रा दिईरहने व्यवस्था ठीक हाे त ? खुलापनले साेधाैँ ।

नं.१३,

• किन हेलिकप्टर राज्यकोषबाट उडानभरि गरिवका झुपडीमा गास, बास, कपास तथा औषधीमुलाे बाेकी आउनुपर्नेमा मतपत्र र मतपेटिका पुर्याएर के शिक्षा दिँदै छन्, सत्तासिन ? साेधाैँ ।

नं.१४,

• किन दलाल पुँजीपति वर्गवरिपरीका सामन्ती र रूढिगरस्त चिन्तन प्रणाली भएका मान्छेमात्रै याे व्यवस्थाका नाईके कहलिँदैछन् ? साेधाैँ ।

नं.१५,

• किन याे व्यवस्थाले थचारिएर हायलकायल भएको श्रमजीवी वर्ग तथा विस्थापित वर्ग यहीँ व्यवस्थालाई पहरा दिन बाध्य भएर म्यादी प्रहरीकाे लाईनमा निश:ब्द छ ? साेधाैँ ।

नं.१६,

 विज्ञान र प्रविधिको याे युगलाई भरपुर उपयोग गर्ने मुलकले कहाँदेखि कहाँ सम्मकाे यात्रा तय गरिसके ? किन हाम्रो देशकाे विकासकाे गतिविधि कछुवाकाे गतिमा छ ? साेधाैँ।

नं.१७,

• हामी यहाँ दलाल पुँजीवादीहरूकाे व्यवस्थालाई मलजल गर्न हैसेमा हैसे गर्दै मतपत्रमा ल्याप्चे नलाउने औलाकाे के काम भनी अाैँला भाँची बस्ने उचाड खालका पात्र र प्रवृत्तिकाे सृजना कसरी भयाे ? साेधाैँ ।

नं.१८,

• यहाँ विकल्प नभेटेका हुन् या नखाेजेका हुन् ? याे कुरा गम्भीरतापूर्वक साेधाैँ ।

नं.१९,

• आज संसारमा श्रमजीवीले निर्माण गरेको पुँजी मुठीभर पुँजीपतिको ढुकुटीमा कैद हुने परिपाटी यस्तै चुनावबाट निर्वाचितहरूले बनाएका हुन्, कि हैनन् ? साेधाैँ ।

नं. २०,

• किन विश्वमा सत्तरी प्रतिशत पर्यावरण सिध्याउने वातावरण पनि यस्तै चुनाव विजेताहरूले बनाएका हुन् ? साेधाैँ ।

नं. २१,

• संसदवादी पार्टीहरू आफूले हिजो गरेका कामले नै यो जगत् थामिएको जस्तो व्याख्यान फुक्न थाल्छन् अनि अबको चुनावमा निर्वाचित हुँदा जीवन हराभरा बनाइदिने फगत सपना बाँड्न तँछाड- मछाड गर्छन् किन ? साेधाैँ ।

अन्तमा : • यी र यस्ता अनगिन्ती गम्भीर प्रश्नको उत्तर नपाएसम्म आमनागरिकहरूले प्रश्न गरिरहौँ र उत्तरमा चित्त नबुझेमा याे चुनाव र उनीहरूलाई बहिष्कार गरौँ । यति गर्ने हो भने आम अपेक्षाअनुसारको देश बन्न र वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि तपाईंहामीले अनन्त प्रतीक्षा गर्नुपर्दैन ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार