होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • सामाजिक सञ्जाल
  • प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने पत्रकार पक्राउ
सामाजिक सञ्जाल

प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने पत्रकार पक्राउ

  • नागरिक रैबार
प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने पत्रकार पक्राउ

घोराही । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका-३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।

बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर सामाजिक सन्जालमा पोस्ट गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्रेको हो ।

विज्ञापन

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम छ । प्रचण्डसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि दाङ आउन लागेपछि प्रहरीले जिल्लाको सुरक्षा अवस्था कडा पारेको छ । चुनावी आमसभा स्थल शहीद मञ्च र त्यस आसपासका क्षेत्रमा प्रहरीहरुको तैनाथी बढाइएको छ ।

पक्राउ परेका बुढा माओवादी त्यागेर तुलसीपुरबाट एक अनलाइन सन्चालन गर्दै आएका छन् । यसअघि यौन हिंसा पीडित राउटे युवतीको पहिचान सहितको तस्वीर र भिडियो आफ्नो युटुब च्यानल र अनलाइनबाट सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्रेको थियो ।

उनले गठबन्धनबाट घोराहीको मेयरमा उठेका माओवादी नेता हेमराज शर्मा (डायमण्ड)ले अकुत सम्पत्ति कमाएको आरोप लगाउँदै सामाजिक सन्जालमा विवादित कुरा लेख्दै आएका छन् ।

एसपी काफ्लेले बुढामाथि विद्युतीय कारबाही ऐन अनुसार कारबाही हुने बताए ।तुलसीपुरका मेयर उम्मेदवार एवम् एमाले नेता घनश्याम पाण्डेले भने पक्राउ परेका बुढालाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार