होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमाले सांसदको माग
समाचार

पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमाले सांसदको माग

  • नागरिक रैबार
पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन एमाले सांसदको माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले भारतबाट दुईचोटि मूल्य घटेर आउँदा पनि यहाँ किन मूल्य नघटाएको भन्दै प्रश्न गरे ।

“मूल्य बढ्दा जनताको टाउकोमा हाल्ने तर मूल्य घट्दाचाहिँ आयल निगमलाई नाफा जाने,” उनले भने, “तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाएर सरकार भएको महसुस जनतलाई गराउनुपर्छ ।”

उनले अर्थ मन्त्रालयमा अर्थसचिव बनेर कोही जान नचाहेको जिकिर पनि गरे । जेठ १४ गते रातिको घटनाले अर्थ मन्त्रालयबाट कर्मचारीहरू भागमभाग भएको उनको भनाइ छ ।

विज्ञापन

“कुनै बेला अर्थ मन्त्रलाय सरकारको महत्त्वपूर्ण अंग थियो । सचिवहरू जान हानथाप हुन्थ्यो । तर, यो सरकारको क्रियाकलापले सचिवहरू मात्र हैन, कर्मचारीहरू पनि बस्न चाहेका छैनन्,” उनले भने, “यसले भोलिका दिनमा अर्थतन्त्रमा गम्भीर असर गर्छ ।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार