होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • दैनिक तातो पानी पिउनुका चार ठूला फाइदा
स्वास्थ्य-जीवनशैली

दैनिक तातो पानी पिउनुका चार ठूला फाइदा

  • नागरिक रैबार
दैनिक तातो पानी पिउनुका चार ठूला फाइदा

तातो पानीलाई भासोडिलेटर भनिन्छ अर्थात् यसले रक्तनलीको विस्तार गर्छ । त्यसैले यसले शरीरभरी रक्तसञ्चारमा सहयोग गर्छ । रगत राम्रोसँग सञ्चारित हुँदा मांसपेशीहरुलाई आराम दिन्छ र दुखाई कम गर्न मद्दत गर्छ । दैनिक रुपमा तातोपानी खाँदा शरीरमा जमेको बोसोलाई कम गर्न, मांसपेशीलाई आराम दिन र रगतको प्रवाह बढाउन मद्दत गर्छ । यसका साथै रक्तसञ्चारमा सुधार आउँदा यसले छालाको कोसिकामा सकारात्मक असर पुर्याएर यसलाई राम्ररी पोषण दिने काम गर्छ ।

तातोपानी पिउनुका फाइदा

हुन त तातो होस् वा चिसो जुन तापक्रमको पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ । तर तातो पानीका अतिरिक्त फाइदा छन् । मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन् । यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन् । दिनभरी थोरै थोरै गरी तातो पानी खानुका फाइदाबारे यहाँ जानकारी दिइएको छ ।

विज्ञापन

१. स्वस्थ पाचन

कोही मानिसले पर्याप्त मात्रामा पानी नखाँदा सानो आन्द्राले व्यक्तिले खाएको खाना र पेय पदार्थबाट पानी सोस्ने गर्दछ । यसले गर्दा डिहाइड्रेसन हुन्छ आन्द्राबाट दिसा पास हुन बाधा उत्पन्न हुन्छ । यसका साथै, अत्यधिक डिहाइड्रेसन भएको अवस्थामा कब्जियतसमेत हुन्छ ।

यस्तै, चिसो पानीको तुलनामा तातो पानीले खानालाई छिट्टै ब्रेक गर्ने काम गर्छ । त्यसैले कब्जियतको जोखिम कम हुन्छ र यसले नियमित र पीडारहित दिसा पास गर्न सहयोग पुर्याउँछ ।

२. तौल घट्छ

थुप्रै अनुसन्धानले के देखाउँछ भने धेरै तातोपानी खाँदा तौल घट्ने सम्भावना बढी हुन्छ । तातो पानी खाँदा पेट भरिएको जस्तो महसुस हुने भएर पनि यसले तौल घटाउन सहयोग पुर्याएको हुनसक्छ । पानीले शरीरमा पौष्टिक तत्व सोस्न र टक्सिन र अनावश्यक कुराहरु बाहिर निकाल्न सहयोग गर्छ ।

सन् २००३ मा प्रकाशित एक अनुसन्धानका अनुसार चिसो पानी नभई मनतातो पानी खानेहरुको तौल छिटो घट्छ । यसका साथै खाना खानु अघि ५०० मिलिलिटर तातो पानी पिउँदा मेटाबोलिजम ३० प्रतिशत बढ्ने गर्छ ।

३. तनाव कम गर्छ

एक कप वा गिलास तातो पानीले मानिसलाई तनाव कम गर्न वा राम्रो तरिकाले व्यवस्थापन गर्न सहयोग गर्छ । केही वर्ष अघि गरिएको एक अनुसन्धानका अनुसार चिया वा कफीजस्ता तातो पेय पदार्थको सेवनले तनावको स्तर कम गर्ने र डिप्रेसनबाट पनि राहत प्रदान गर्न मद्दत गर्दछ ।

उक्त अनुसन्धानले केही प्रभाव त क्याफेनका कारण पनि हुने गर्छ तर तातोले पनि व्यक्तिको मुडमा सुधार ल्याउन सहयोग गर्छ ।

४. बडी डिटक्सिफिकेसन

तातो पानीले शरीरलाई डिटक्सिफाई गर्छ । पानी तातो हुँदा यसले व्यक्तिको शरीरको तापक्रम बढाउने गर्छ जसका कारण पसिनासमेत आउने गर्छ । पसिनाले टक्सिनलाई बाहिर निकाल्ने काम गर्छ । यसले छाला र शरीरको छिद्रहरु सफा गर्न पनि मद्दत गर्छ ।

आर्थराइटिस फाउन्डेशनका अनुसार शरीरका विषाक्त तत्वलाई बाहिर निकाल्नका लागि पनि तातो पानी आवश्यक छ । यसका साथै यसले सुन्निएको शरीरलाई राहत प्रदान गर्छ र जोर्नीलाई लचिलो बनाउन सहयोग गर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार